सबै नेपालीलाई एक बृत खाता परिकल्पना «

सबै नेपालीलाई एक बृत खाता परिकल्पना

नेपालीहरू देश–विदेश जहाँ रहे पनि धेरै नेपालीहरूको बृत खाता छैन । विदेशमा रहेका धेरै नेपालीहरूको छ भने पनि पर्याप्त छैन, अझ ग्रामीण नेपाली र धेरै सहरिया नेपालीको बृत खाता होइन कि बचत खाता नै छैन । प्रचुर मात्रामा आर्थिकसम्बन्धी एजेन्सीहरूको एकलौटी लुटको प्रगतिको बखानमा देश गलत दिशामा गइराखेको छ । अर्को अहिलेको आवश्यकता, शुल्क घटाएर बत्तीको सुविधा दिनुको सट्टा स्वदेशी रेफ्रिजेरेटर र विद्युत् चुलो हरेक परिवारलाई उपलब्ध गराउन सके विद्युत्को खपत स्वास्थ्य र बचतमा प्रभाव परेर राष्ट्र नयाँ मोडमा जानेछ ।
यो लेखमा मैले बृत खाता के हो र कसरी निर्माण गर्ने, कसरी सुरु गर्ने, किन आवश्यक छ, कसरी उपयोग गर्ने तथा नेपालीका लागि उपयुक्त बृत खाताका बारेमा प्रकाश पार्ने कोसिस गरेको छु । यसले एउटा ठूलो आर्थिक आन्दोलन सुरु गर्नेछ । ३ करोड नेपाली देशमा रहेका र एकपटक नेपाली भएका तर विदेशी भएका समेतले रु. २९ हजार ८ सय ५ को बृत खाता उपहारस्वरूप पाउनेछन् ।
हरेक वर्ष ७ सय ५३ स्थानीय तहहरूमा रु. ४ करोड ६४ लाखका दरले रु. ५५ अर्ब सेयर पुँजी अनि ७ प्रदेशमा रु. ५ अर्ब र अर्को संघीय सरकारमा रु. ३५ अर्ब गरी रु. १ सय ५ अर्ब ती बृत खाताबाट लगानी गर्न उपलब्ध हुनेछ, लगानी गर्नुपर्नेछ ।
बैंक तथा आर्थिक सेवा, अपारदर्शी नोटको विस्थापित अनि सम्पूर्ण भ्रष्टाचार तथा धेरै अपराधको निर्मूल हुने साधन बृत खाताका बारेमा विवेचना र ती प्राप्तिका लागि देश–विदेश जहाँ पनि यो कोरोनाको महामारीका बाबजुद यसलाई अवसर मानी ३ करोड नेपालीले सानो सशक्त ऐक्यबद्धता देखाउनुपर्ने हुन्छ । ३ करोड नेपालीले ऐक्यबद्धता देखाउनका लागि सार्वजनिक सेयर आन्दोलनमा सक्रिय हुनुपर्छ ।
के हो बृत खाता : अमेरिका, बेलायतमा स्वेच्छिक कर छुटको रूपका करदाताहरूलाई मात्र अवसर दिए पनि परिकल्पित बृत खातामा देशविदेशमा रहेका एकपल्टका नेपालीहरूसहित सम्पूर्ण नेपालीका लागि जन्मदेखि अन्तिम घडीसम्म उपयोग गरिनेछ । हरेकले वार्षिक रूपमा न्यूनतम रकम वा आफ्नो कमाइ÷प्राप्त गरेको रकमको १ प्रतिशत रकम जुन बढी हुन्छ सो रकम आफू वा आफ्नो परिवारको बृत खातामा अनिवार्य रूपमा र स्वेच्छिक दोब्बरसम्म नेपालस्थित बैंकमा रहेको बृत खातामा जम्मा गरिनेछ । न्यूनतम रकम नेपालमा रहेकाले रु. १ हजार, विकसित मूलका अमेरिका, बेलायतजस्ता मुलकमा रहेकाले रु. १२ हजार (यूएस डलर १ सय) र अन्य देशका हकमा रु. ५ हजार हुनेछ ।
यो बृत खाताको रकम आफूबाहेक अरू आफ्नै परिवारका लागि पनि उपयोग गर्न नपाउने तथा आफ्नो शेषपछिको रहलपहल पनि वडा ऋण छात्रवृत्ति कोषमा जाने विशेष व्यवस्था हुनेछ ।
खातावालले आफ्नो १२ कक्षाभन्दा माथिको पूरा समय २ तह, आफ्नो निवासस्थानको घरजग्गा खरिद गर्न २ पटकसम्म दुईतिहाइसम्म अनि ६५ वर्षपछि मात्र वा सामाजिक सुरक्षा व्यवस्थाअनुसार अशक्त भएको बेलामा प्रत्येक वर्ष २० प्रतिशतका दरले दुईतिहाइसम्म निकाल्ने ।
रकम जम्मा गरेको रकम करयोग्य आयबाट छुट हुने, सो लगानीबाट प्राप्त हुने ब्याज, लाभांश, बोनस करमुक्त आय हुने भए तापनि रकम निकाल्दा करयोग्य आय हुनेछ । साधारणतया आय कम हुँदा निकालिने हुँदा धेरैको रकम करमुक्त हुन्छ । विशेष बृत खाता विदेश रहेकाको हकमा विदेशमा कर लाग्ने भएमा सरकारले सम्पूर्ण कर छुट दिने गरिनुपर्छ ।

लगानी र व्यवस्थापन वार्षिक १ खर्बको लगानी र वार्षिक ३ खर्बको वार्षिक राजस्व वृद्धि र करमा राहत
बृत खाताको सञ्चालन अहिलेको नेपालमा चलेको मेरो सेयरमा नै बृत खाता अलग ट्याब हुन सक्छ अनि लगानी र बेचबिखन खातावाला वा प्रतिनिधिले गर्ने हो र मर्चेन्ट बैंकले बृत खाताको व्यवस्थापन गर्नेछ । राजस्वमा मर्चेन्ट बैंक र आफैंले वार्षिक रूपमा प्रतिवेदन पेस गर्नुपर्छ । आफ्नो बृत खाता आफैंसँग, आफ्नै लगानी, आफ्नै रेखदेख हुनेछ । सेयर लगानी, मुद्दती लगानी गर्ने-नगर्ने खातावालाको इच्छाको कुरा हो र लगानी नगरे प्रतिफल हुँदैन र नोक्सानी पनि हुन सक्छ ।
लगानीको क्षेत्र प्रमुख सेयर नै हो । तर, हामीले लगानी क्षेत्र स्तर तीन तह सरकारअनुसार आफ्नो स्थानीयमा, प्रदेश अनि संघीयमा एक÷एक तिहाइ गरी आफ्नो स्थानीयको आर्थिक सीप विकासको गाउँठाउँ छोडी देशविदेशमा रहेकाको उपयोग गर्नका लागि लगानीको आधारभूत सिद्धान्त हुनेछ । ३ करोड नेपालीमध्ये स्वदेशमा रहेकाबाट वार्षिक रु. ५५ अर्ब र विदेशमा रहेका ५० लाख नेपालीबाट अर्को रु. ५० अर्ब गरी १ खर्ब ५ अर्ब हुनेछ । सो दामाशाहीले तीन सरकार क्षेत्रको प्रतिफलसहितको पब्लिक लगानी रु. ३५–३५ अर्ब सेयर लगानी बृत खाताबाट मात्र वृद्धि हुनेछ ।
देशमा व्याप्त उग्र भ्रष्टाचार र अपराधहरूले जकडिएको कुरा कतै कसैबाट लुकेको छैन । दैनिक रु. १ सय ५० करोड संघीय सरकारमा, रु. ५० करोड प्रदेश तथा स्थानीय सरकारमा गरी वार्षिक रु. ७ खर्ब २० अर्ब भ्रष्टाचार तथा राजस्व चुहावट भएको छ । अझ पब्लिक कम्पनीहरूमा र स्रोत नखुलाई लगानी गर्ने छुटजस्ता जटिल विकृत जटिल अपराधहरू यथेष्ठ छन् ।
साना वा ठूला अपराध भ्रस्टाचार तथा राजस्व चुहावट सबै हुनुको कारण रु. ५ सय र रु. १ हजारका कारण नै हुन्, जसले गर्दा रेकर्ड नगरी आर्थिक कारोबार सम्भव भएर नै विकृतिले मलजल पाएको हो र पाउँदै छ । ती ठूला नोटहरूको चलनचल्ती खारेज गरेर मात्र ती अपराधहरू कम मात्र हैन, निर्मूल गर्न सम्भव हुन्छ । सो गर्नमा सबैसँग बैंक खाता छैन, सबैलाई बैंक नेटवर्कमा ल्याउन छैन भनी बहानाबाजी गरेका छन् । परिकल्पित बृत खाताका लागि बैंक खाता हुनु अनिवार्य छ । सबैको सहज बैंक खाता भएपछि ती नोटहरू हटाउन ठूलो दबाब हुन पुग्छ । बृत खाताको ठूलो उपलब्धि हुनेछ र करका दर आधै कम भएर आमजनताले सेवा तथा वस्तुहरू देखिने गरी प्राप्त गर्नेछन् ।
यस बृत खाताले देश कायापलट हुनेछ । पैसाको अभावमा देश निर्माण गर्ने संसद्मा जान वञ्चित हुनु पर्दैन । पैसाको भरमा धर्म प्रचार हुन्न । तपाईंका छोरीबुहारीको बेचबिखन र वेश्यावृत्ति हुन्न । सबै पतिपत्नीको आपसीको साझेदारी देखावटी मात्र नभई आत्मीय हुनेछ । भर्जिन आइल्यान्ड स्वीस बैंक होस् वा हुन्डी कारोबार त एकादेशको कहानी हुनेछ । नक्खु जेल, भद्रगोल जेल साथै जिल्ला–जिल्लाका जेलहरू दृश्यावलोकन स्थल हुनेछन । यस्ता–यस्ता सयौं सुधार हुनेछ, जुन परिकल्पना पनि गरेको नै छैन । त्यसैले ३ करोड जनताका लागि यस्तो अति लाभकारी हुने बृत खाताको प्राप्तिका लागि जोडदार संघर्ष गर्नुपर्छ । कसले सबै ३ करोड नेपालीलाई रु. ३०–३० हजार दिलाउँछ ? सीधा सत्य जवाफ सार्वजनिक सेयर आन्दोलन हो ।
कसरी हुन्छ बृत खातामा रु. २९ हजार ८ सय ५ जम्मा, यो सबैको चासोको कुरा हो ।
२००७ सालदेखि जति संघर्ष गरे तापनि, जति चुनावी घोषणा गरे पनि एक बोतल रक्सीको भरमा नानाथरी आश्वासन बोकेर जिन्दगी गएको छ । अहिले एक परिवारमा होइन, हरेक परिवार सदस्यको बृत खातामा मिति २०७८-५-५ को रु. २९ हजार ८ सय ५ को बजार मूल्यका दरले समान दरले यस आर्थिक वर्ष आव २०७८÷०७९ भित्र जम्मा हुने कुरा अचम्मलाग्दो हो, तर भरपर्दो कुरा पनि हो ।

अब कसरी?
१. सार्वजनिक कम्पनीको ३० प्रतिशत आईपीओ सेयर लगानी गर्न आफ्नो बचत खाता खोलेर, डीम्याट खाता खोलेर र मेरो सेयरसमेत लिएर मात्र इन्टरनेटको माध्यमबाट आईपीओ सेयर निवेदन दिन सकिने हुँदा स्थानीय वडा सरकारले कुनै बैंकसँग समन्वय गरी ती तिनै खाता हरेक इच्छुक व्यक्तिलाई गरिदिने र आईपीओ सेयर निवेदन गर्न सहयोग गर्ने ।
२. स्थानीय सरकारले रु. १ हजार अनि प्रदेश सरकारले रु. ५ सय र संघीय सरकारले अर्को रु. १ हजारका दरले हरेक बृत खातामा जम्मा गरिदिने । जम्मा गरिएको रकम स्थानीय सरकार तथा प्रदेश सरकारले जम्मा गरेको रकम रु. १५ सय अनुदान हुनेछ, तर संघयीय सरकारले दिएको रकम पाँचौं वर्ष वार्षिक १० प्रतिशत ब्याजसहित वडा छात्रवृत्ति कोषमा फिर्ता गर्नुपर्नेछ । तीन महिनाभित्र र बृत खातामा जम्मा गरिनुपर्ने रकम जम्मा गर्नुपर्नेछ । बैंकहरूले बृत खातामा आईपीओ सेयर निवेदनका लागि कर्जा दिन सक्नेछ ।
३. यसरी आईपीओ खरिद गर्नका लागि रु. ३ हजार र बैंक शुल्कका लागि बचत खातामा रु. ५ सय हुन्छ र बैंकले रु. २ हजार ऋण दिँदा रु. ५ हजारको ५ वटा आईपीओ सेयर खरिद गर्न सकिन्छ । तालिकामा देखाएअनुसार तीन समूहको आईपीओ सेयर खरिद र दिन दिन जारी हुने सेयर खरिद गर्न प्रयाप्त रकम हुन्छ ।
४. बजार उदारीकरण र आधारभूत क्षेत्रमा समेत निजी क्षेत्रको सहभागितामा ३० प्रतिशत सार्वजनिक र ७० प्रतिशत प्रोमोटर्सको सहभागितामा २ सय २९ पब्लिक कम्पनीको सेयर कारोबार भइराखेको छ, तर ३० प्रतिशत सार्वजनिक सेयर ३ करोड नेपालीको हातमा पर्नुपर्ने र तीसौं वर्षको नाफा पाउनुपर्ने हो । तर केही व्यक्तिका लागि नै सेयर बजार स्वर्ग भएको छ । ती सार्वजनिक कम्पनीहरूले र सरकारले गल्ती गरेका ग¥यै छन् ।
५. सरकारले गल्ती बुँदा २ अनुसार अनुदान दिएर सच्याउनुपर्छ । सार्वजनिक कम्पनीहरूले ४ वटा आईपीओ ३ करोड नेपालीका बृत खाताका लागि हुने गरी विगत ३०–४० वर्षको गल्ती सचाउने गरी अहिलेको जारी पुँजीको ३० प्रतिशत नबढ्ने गरी प्रतिसेयर रु. १ सय दरमा नै जारी गरी आफ्नो गल्ती सच्याउनुपर्छ र जनदायित्व पूरा गर्नुपर्छ ।
६. कुन सार्वजनिक कम्पनी समूहले कति सेयर जारी गर्ने भन्ने विवरण मिति २०७८-५÷५ को सेयर बजार मूल्यको आधारमा गरिएको छ, जसअनुसार सो बेला कायम रहेको जारी पुँजी र सार्वजनिक गरिनुपर्ने ३० प्रतिशत सेयर धेरै सेयर पुँजी भएको वाणिज्य बैंक समूहले २० सेयर अनि तीबाहेकको वित्त समुहले १० सेयर अनि वाणिज्य तथा वित्त समूहबाहेक अन्य समुहले १० सेयर गरी पुनः ४० सेयर सार्वजनिक गरिनुपर्छ ।

५. सार्वजनिक कम्पनी आफ्ना समूहले तालिकामा उल्लिखित अनुपातमा आर्थिक वर्ष २०७८–७९ भित्र हरेक ३ करोड नेपालीको हातमा ४० वटा पर्ने गरी प्रतिसेयर रु. १ सय लियर सेयर निष्कासन तथा सेयर बाँडफाँड गर्ने । अन्ततः हरेक नेपालीको बृत खातामा अहिलेको बजार मूल्य रु. २९ हजार ८ सय ५ हुनेछ ।

निष्कर्ष
सार्वजनिक सेयर लगानीमा आमनेपालीको सहभागिता अपरिहार्य छ । बृत्त खाता पनि नितान्त आवश्यक र अपरिहार्य छ । परिकल्पित वा परिमार्जित वृत्त खाता अपनाएर सेयर बजारमा र देश विकासमा निकै ठूलो योगदान हुनेछ । आम जनताबाट ३ सय ३० सार्वजनिक कम्पनीमा एक वर्षभित्र १ सय २० अर्ब सेयर लगानी हुनेछ । यो रेकर्ड नै होला । आमजनतासँग सेयर बैंक र वृत्त खाताको साथमा पारदर्शिता अपराध तथा भ्रष्टाचार समाज होस् ।

प्रतिक्रिया दिनुहोस्