बजाज डोमिनार–२५० का चालकलाई ५ दिनको राइड जोमसोममा «

बजाज डोमिनार–२५० का चालकलाई ५ दिनको राइड जोमसोममा

हन्सराज हुलासचन्द एण्ड कम्पनी, बजाज मोटरसाइकल र डोमिनारको आधिकारिक विक्रेताले बजाज डोमिनार–२५० का चालकहरुको लागि डोमिनार राइडको सञ्चालन गर्ने भएको छ ।
जोमसोमसम्म गरिने यो डोमिनार राइड यही मंसिर ८ देखि १२ गतेसम्मका लागि तयार पारिएको ५ दिने ‘अल पेड ट्रिप’ हो । जसमा रोमाञ्चक र आफ्नै कथाको मिश्रण हुनेछ ।
राइड योर ओन स्टोरीज्को थिममा आधारित यो राइडमा हरेक डोमिनार राइडरले डोमिनार २५० सँग जोमसोम जाँदाको रमाइलो अनुभव बटुल्न सक्नेछन् । यस राइडको सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने छ । डोमिनार ओनरहरुले डोमिनार बाइकको साथ यस रोमाञ्चक राइडको अनुभव लिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्