‘बबक्याट बी ७६०’ ब्याक्हो लोडर अब नेपालमा «

‘बबक्याट बी ७६०’ ब्याक्हो लोडर अब नेपालमा

हेवी इक्युप्मेन्ट बबक्याट को नेपालका लागि आधिकारिक बिक्रेता इन्फ्रास्ट्रक्चर लिजिङ एण्ड कन्स्ट्रक्सन सर्भिस प्रालिले बबक्याट बी ७६० ब्याक्हो लोडर नेपाली बजारमा सार्वजनिक गरेको छ ।
साथै कम्पनीले सो लोडर बिक्री वितरणका लागि बुकिङ पनि खुला गरिएको कम्पनीले जनाएको छ । उक्त मेसिन एशियन बजारलाई मध्यनजर गर्दै इन्डियाको चेन्नई फ्याक्ट्रीबाट उत्पादन गरी नेपाललगायत अफ्रिकन मुलुकहरुमा पनि बिक्री वितरणको लागि तयार पारिएको हो ।
बबक्याट बी ७६० लाई नेपालका तराई, पहाड र हिमाल तिनै भूभागमा पूर्व परीक्षण गरी सार्वजनिक गरिएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार उक्त मेसिनमा रहेको हिटिङ प्रविधि परीक्षणका लागि नेपालको माथिल्लो मुस्ताङ (४००० अल्टिट्युड उचाई)मा परीक्षण गर्दा मेसिन सहजै सुचारू भएको थियो ।
अमेरिकी प्रविधिबाट निर्मित बी ७६० मा विश्व प्रसिद्ध पर्किन्स इन्जिनको प्रयोग गरिएको छ जसले ९४ हर्स पावरको शक्ति प्रदान गर्छ । उच्च बकेट कर्ल एंगलका साथै उच्च ब्रेकिङ शक्ति समेत रहेकोले कार्य सम्पादनमा द्रुतता र सहजता प्रदान गर्न यो एक भरपर्दो उपकरण रहेको दावीसमेत कम्पनीले गरेको छ ।
यसमा रहेको विशेष कुलिङ सिस्टमका कारण उच्च तापक्रममा कार्य सम्पादन गर्न सहज हुनेछ । साथै यसको १६ डिग्री असिलेसन एंगलले असमान भूभागमा पनि सहजै काम गर्न मद्दत पुग्ने कम्पनीको दावी छ । त्यसैगरी लामो आर्मका कारण अधिक गहिराइसम्म खन्न सहज हुने कम्पनीले जनाएको छ ।
७४ वर्षको सफल इतिहास बोकेको बबक्याटले झण्डै १०० भन्दा बढी मुलुकमा आफ्ना ९०० भन्दा बढी डिलर्समार्फत् सेवा प्रदान गर्दै आइरहेको छ । हाल सञ्चालनमा रहेका हेवी कम्प्याक्ट इक्युप्मेन्टहरु मध्ये संख्यात्मक रूपले हेर्दा विश्वभर बबक्याट नं. १ मा रहेको कम्पनीले दाबी गरेको छ ।
हाल नेपालका काठमाडौं, नारायणगढ, बुटवल, धनगढी, नेपालगञ्ज, पोखरा, वीरगञ्ज र इटहरी लगायत विभिन्न मुख्य शहरहरुमा रहेका शाखा कार्यालयबाट बबक्याट बी ७६० को बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्