सिटिजन्स बैंकको प्रिभिलेज बैंकिङ सेवा सुरु «

सिटिजन्स बैंकको प्रिभिलेज बैंकिङ सेवा सुरु

सिटिजन्स बैंकले काठमाडौंमा सोमबारदेखि काउन्टर विस्तार गरेको छ । यसअघि बैंकको प्रधान कार्यालय, नारायणहिटी पथमा रहेको प्रिभिलेज काउन्टरबाट आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ सेवा प्रदान गर्दे आएको थियो ।
बैंकले ग्राहकहरूलाई छिटो सेवा प्रदान गर्ने उद्देश्यले कमलादीमा आफ्नै भवनबाट विशेष बैंकिङ सेवा सुरु गरेको हो ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ११३ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट करिव १२ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्