अन्तर्राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार वितरण «

अन्तर्राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार वितरण

डीएभी शुसिल केडिया विश्व भारती विद्यालयमा नेपाल–भारत अन्तर्राष्ट्रिय सांगीतिक तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल भारतको सम्बन्धलाई थप मजबुद बनाउन र संस्कृतिलाई मजबुद बनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइएको छ । कार्यक्रममा डीपीएस धरानका पीके शंकर लिङगम र नेपाल–भारत मैत्री विद्यालय पोखराका मृत्युञ्जय सिंह बेस्ट प्रिन्सिपल अवार्डबाट सम्मानित भएका छन् ।
त्यसैगरी डीएभी विद्यालयका रामचन्द्र खनाल बेस्ट भाइस प्रिन्सिपल अवार्डबाट सम्मानित गरिएका थिए । सोही अवसरमा विभिन्न विधामा उत्कृष्ट योगदान पु¥याएका शिक्षकसमेत सम्मानित भएका छन् । यस्तै अन्य विभिन्न व्यक्तित्व पनि सम्मानित भएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्