सुनमा प्रतितोला रु एक हजार ६००को गिरावट «

सुनमा प्रतितोला रु एक हजार ६००को गिरावट

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ३०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार ६००ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ८०० कायम भएको छ भने सोमबार प्रतितोला रु ९३ हजार ४०० पुगेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु १५ले घटेर रु एक हजार २५५ तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०८ डलर आसपासमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्