अमेरिकाद्वारा कोभिड-१९ सङ्क्रमण बढेसंगै डेनमार्क र जर्मनीको यात्रा नगर्न सल्लाह «

अमेरिकाद्वारा कोभिड-१९ सङ्क्रमण बढेसंगै डेनमार्क र जर्मनीको यात्रा नगर्न सल्लाह

युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) ले सोमबार जर्मनी र डेनमार्कको यात्रा नगर्न सल्लाह दिएको छ । जर्मनी र डेनमार्कमा कोभिड-१९ को सङ्क्रमण फेरि बढ्दै गईरहेको छ । जर्मनी र डेनमार्कमा सिडिसिले यात्रा गर्नबाट जोगिनुपर्ने जनाएको छ जसलाई “लेभल फोर” सूचनाको रूपमा जारी गरिएको छ । यात्रा नै गर्नु पर्ने भए जो कोहीले पहिले पूर्ण रूपमा खोप लगाउनुपर्ने जनाइएको छ । सिडिसिले हाल विश्वभरका ७५ गन्तव्यहरू लेभल फोरमा सूचीबद्ध गरेको छ जसमा विगत २८ दिनमा प्रति १०००,००० बासिन्दामा ५०० भन्दा बढी सङ्क्रमीत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्