खस्कँदो सेयर बजार र बढ्दो मनोवैज्ञानिक त्रास

देशको आर्थिक अवस्थालाई प्रतिविम्बित गर्ने महत्वपूर्ण परिसूचकमध्ये एक रहेको नेप्से परिसूचकमा लगातार आएको गिरावटले सेयर लगानीकर्ताहरूमा निराशा छाएको देखिन्छ । बजारमा हुने दैनिक कारोबार रकममा क्रमशः संकुचन आएको छ भने नेप्से परिसूचक घट्ने क्रम पनि रोकिएको छैन । तुलनात्मक रूपमा राम्रो वित्तीय अवस्था रहेका र नियमित लाभांश वितरण गरिरहेका सूचीकृत कम्पनीका मूल्यमा पनि उल्लेख्य गिरावट आएको देखिन्छ । बजारमा मुख्य हिस्सा ओगट्ने वाणिज्य बैंक समूहका अधिकांश कम्पनीको प्रतिसेयर मूल्य रु. ५ सयभन्दा कम रहन गएको देखिन्छ । पछिल्लो साताको कारोबारलाई मात्रै आधार मान्दा पनि बजारमा कारोबार भएका १ सय ६० वटा कम्पनीमध्ये करिब ४० वटा कम्पनीको प्रतिसेयर मूल्य रु. २ सयभन्दा कम रहेको देखिन्छ भने झन्डै ५० प्रतिशतभन्दा बढी सूचीकृत कम्पनीको मूल्य ५ सयभन्दा कम रहेको देखिन्छ । विगतमा जस्तोसुकै कम्पनीको प्राथमिक निष्कासन हुँदा मागभन्दा अत्यधिक आवेदन पर्ने र सेयर बाँडफाँडको लागत नै तीन सयभन्दा कम नहुने दृष्टान्त हेर्दा अधिकांश सेयरको मूल्य अवमूल्यन भएको मान्न सकिन्छ । हाल कायम रहेको नेप्से परिसूचकमा पनि युनिलिभर जस्तो चुक्ता पुँजी निकै कम भएका र सीमित व्यक्तिको कब्जामा सेयर रहेका कम्पनीको मूल्य निकै अधिक रहेको देखिन्छ । त्यस्तै लामो समयसम्म लेखापरीक्षण हुने नसकेको राष्ट्रिय बिमा संस्थानको सेयर मूल्यको प्रभाव नेप्सेमा अधिक रहेको देखिन्छ । देशको आर्थिक अवस्थालाई प्रतिविम्बित गर्ने महत्वपूर्ण परिसूचकमध्ये एक रहेको नेप्से परिसूचकमा लगातार आएको गिरावटले सेयर लगानीकर्ताहरूमा निराशा छाएको देखिन्छ । बजारमा हुने दैनिक कारोबार रकममा क्रमशः संकुचन आएको छ भने नेप्से परिसूचक घट्ने क्रम पनि रोकिएको छैन । तुलनात्मक रूपमा राम्रो वित्तीय अवस्था रहेका र नियमित लाभांश वितरण गरिरहेका सूचीकृत कम्पनीका मूल्यमा पनि उल्लेख्य गिरावट आएको देखिन्छ । बजारमा मुख्य हिस्सा ओगट्ने वाणिज्य बैंक समूहका अधिकांश कम्पनीको प्रतिसेयर मूल्य रु. ५ सयभन्दा कम रहन गएको देखिन्छ । पछिल्लो साताको कारोबारलाई मात्रै आधार मान्दा पनि बजारमा कारोबार भएका १ सय ६० वटा कम्पनीमध्ये करिब ४० वटा कम्पनीको प्रतिसेयर मूल्य रु. २ सयभन्दा कम रहेको देखिन्छ भने झन्डै ५० प्रतिशतभन्दा बढी सूचीकृत कम्पनीको मूल्य ५ सयभन्दा कम रहेको देखिन्छ । विगतमा जस्तोसुकै कम्पनीको प्राथमिक निष्कासन हुँदा मागभन्दा अत्यधिक आवेदन पर्ने र सेयर बाँडफाँडको लागत नै तीन सयभन्दा कम नहुने दृष्टान्त हेर्दा अधिकांश सेयरको मूल्य अवमूल्यन भएको मान्न सकिन्छ । हाल कायम रहेको नेप्से परिसूचकमा पनि युनिलिभर जस्तो चुक्ता पुँजी निकै कम भएका र सीमित व्यक्तिको कब्जामा सेयर रहेका कम्पनीको मूल्य निकै अधिक रहेको देखिन्छ । त्यस्तै लामो समयसम्म लेखापरीक्षण हुने नसकेको राष्ट्रिय बिमा संस्थानको सेयर मूल्यको प्रभाव नेप्सेमा अधिक रहेको देखिन्छ ।
पछिल्ला घटनाक्रम र कारक तत्वहरूपछिल्लो समयमा सेयर बजारमा सूचीकृत सबै कम्पनीको मूल्यमा लगातार गिरावट आउनुको कारण सरसर्ती विश्लेषण गर्दा प्रथमतः सेयरको मागमा वृद्धि हुँदा पनि कम्पनीको वित्तीय अवस्था, प्रतिफलको दर, भविष्यको योजना, दिगोपनालगायतका सैद्धान्तिक पक्षभन्दा बढी देशमा राजनीतिक गतिरोधको अन्त्य हुने र अर्थतन्त्रले गति लिने अपेक्षामा नै लगानीकर्ता बढी उत्साहित भएका थिए । त्यसैले यथार्थभन्दा भन्दा बढी मूल्यमा सेयरको कारोबार भएकाले सो लामो समयसम्म टिक्न नसकी बजारमा सेयरको मूल्य घट्न थालेको देखिन्छ । दोस्रो, बैंक तथा वित्तीय संस्थाहरूलाई तीन वर्षको अवधिमा चार गुणाभन्दा बढी पुँजी वृद्धि गर्नुपर्ने गरी जारी गरिएको निर्देशनका कारण सेयर बजारको आकारमा उल्लेख्य वृद्धि भई हकप्रद र बोनस सेयरको मूल्य समायोजनका कारण पनि सेयरको मूल्यमा गिरावट आएको देखिन्छ । तेस्रो, प्रमुख पक्ष भनेको देशमा मूल्य अभिवृद्धिकर लागू भएको दुई दशकपछि सेयर कारोबारबाट प्राप्त हुने कमिसनमा कर लाग्ने विषय बजारमा आएपछि सरोकारवालाहरू त्रसित भई कारोबार निरुत्साहित भएको देखिन्छ । चौथो, संस्थागत सुशासन कमजोर रहेका, लामो समयसम्म लेखापरीक्षण गर्न नसकेका, लगातार घाटामा सञ्चालनमा रहेका जस्तासुकै कम्पनी पनि दर्ता शुल्क तिरेकै भरमा सूचीकृत भई कारोबार हुन सक्ने अवस्था विद्यमान हुनुले पनि बजारलाई अस्थिर र कमजोर बनाउन सहयोग पुगेको देखिन्छ । लगानीकर्ताले आफ्नो स्वपुँजीका अतिरिक्त बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिएर कारोबार गर्न सक्ने अवस्थालाई पनि पछिल्लो समयमा त्यस्ता संस्थामा देखिएको कर्जायोग्य कोषको संकुचन र तरलता समस्या र कर्जाको ब्याजमा परेको चापले सेयरको माग घटाउन राम्रै सहयोग पु¥याएको देखिन्छ । पाँचौं, लामो संघर्षपछि स्थापित संविधान र संघीय अवधारणामा सरकार बन्ने तरखरमा रहेको राजनीतिक व्यवस्थाप्रति लगानीकर्ताले आशावादी भए पनि पछिल्ला नकारात्मक घटनाक्रमबाट निरुत्साहित हुँदै गएको देखिन्छ । छैटौ, प्रजातान्त्रिक शक्तिहरूले अधिनायकवादको हल्ला गरिरहेकै अवस्थामा हालै सम्पन्न केन्दीय सरकार र प्रादेशिक सभाको निर्वाचनको प्रत्यक्षतर्फको निर्वाचनबाट प्राप्त परिणामले वामपन्थी शक्तिलाई झन्डै दुईतिहाइ बहुमत प्रदान गरेका कारण पनि ठूलै लगानीकर्ता समूह र सर्वसाधारणमा समेत एक किसिमको उत्सुकता पैदा गरेका कारण लगानीकर्ताा ‘पर्ख र हेर’को मानसिकतामा रहेको देखिन्छ । सातौं, सेयरबजारलाई आधुनिकीकरणका लागि केही उल्लेखनीय प्रयास भएको भए पनि अझै मुलुकभरका लागानीकर्ताले सरल र सुविधाजनक तवरले सेयर किनबेच गर्न पर्याप्त पूर्वाधारको व्यवस्था भइनसकेका कारण लगानीकर्ताको दायरा विस्तार हुन नसकेको अवस्था देखिन्छ । माथि उल्लिखित कारणहरूको अतिरिक्त लगानीकर्तामा अन्योलता र मनोवैज्ञानिक त्रास सिर्जना गर्ने कारक तत्व भने देशको राजनीतिक अन्योलको अवस्था, भविष्यमा बन्ने सरकारको स्वरूप, सरकारले लिने आर्थिक तथा परराष्ट्र नीति, लगानीको वातावरण आदि बाह्य पक्ष नै हो । नेपालको संविधान कार्यान्वयनमा आइसकेपछि केन्द्रीय स्तरमा रहेको शासकीय सत्ता स्थानीय तहमा प्रत्यायोजन गर्ने अभिप्रायःले दुई दशकपछि स्थानीय निर्वाचन सफल रूपमा सम्पन्न भएपछि लगानीकर्तामा एक किसिमको आशा पलाएका कारण बजार दिगो हुने अपेक्षा देखिएको थियो । त्यस्तै, केन्द्रीय तथा प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र प्राप्त मत परिणामले देशमा स्थिर सरकार बन्ने र आर्थिक मुद्दाले प्राथमिकता पाउने आशामा आमनागरिकका साथै लगानीकर्ताहरू रहेको देखिन्छ । तर, प्रत्यक्षतर्फको मत परिणाम आएको लामो समय बितिसक्दा पनि समानुपातिक र राष्ट्रिय सभाको मतपरिणाम घोषणा भई लामो समयसम्म पनि सरकार बन्न नसक्नु, प्रदेशसभाका प्रमुख नियुुक्ति र राजधानी घोषणा गर्ने जस्ता प्रशासकीय कामलाई समेत अहम् र प्रतिष्ठाको विषय बनाएर अस्थिरता फैलनु र प्रजातान्त्रिक पद्धतिबाट सत्ता हस्तान्तरणको प्रक्रियालाई कानुनी दाउपेचको अस्त्र बनाउँदै गएको यथार्थले सेयर बजार र लगानीकर्तामा थप आशंकित बन्दै गएको देखिन्छ । यदि यस्तो अवस्थालाई समय सुधार गर्न सकिएन भने महाभूकम्पको विपत्तिमा समेत दरिलो बनेर उभिएको नेपाली सेयर बजारलाई धराशायी हुनबाट रोक्न कठिन हुने देखिन्छ ।
अबको गन्तव्यमुलुकमा संघीयता कार्यान्वयनको प्रारम्भिक खाका तयार भएसँगै आर्थिक र सामाजिक रूपान्तरणतर्फ सबैको ध्यान केन्द्रित हुने धारणा सबै राजनीतिक दल र सम्बद्ध पक्षले सार्वजनिक गरिसकेको विषय हो । आर्थिक गतिविधिलाई तीव्रता दिन र पुँजी निर्माण कार्यलाई मूर्त रूप दिन पुंजीबजारको विकास र दिगोपना हुनु अपरिहार्य सर्त पनि हो । सबै राजनीतिक दलका चुनावी घोषणापत्रमा समेत स्वदेशी पुँजीको परिचालन र आवश्यकतालाई प्राथमिकता दिइएको हुँदा यसको कार्यान्वयनका लागि पनि सब्ै पक्षको दरिलो प्रतिबद्धता र इमानदार प्रयास जरुरी देखिन्छ । सेयर बजारमा सेयरको मूल्य तलमाथि हुनु अस्वाभाविक नभए पनि यसको दिगोपना र लगानीकर्ताको आत्मविश्वास कायम हुन सक्ने कानुनी र नीतिगत आधार भने अति आवश्यक देखिन्छ । सरकारी तवरबाट आगामी पाँच वर्षका लागि तय गरिएको वित्तीय क्षेत्र रणनीतिमा धितोपत्रको विकास र प्रवद्र्धनका लागि तय गरिएका रणनीतिक कार्यहरूलाई प्राथमिकतासाथ कार्यान्वयनमा ल्याउनु आवश्यक छ । सेयर बजारको दिगोपनाका लागि तत्काल चाल्नुपर्ने कदमहरूलाई बुँदागत रूपमा प्रस्तुत गरिएको छ । धितोपत्र कारोबारका लागि सूचीकृत भई नियमित कारोबार गर्नका लागि न्यूनतम पुँजी, नियमित लेखापरीक्षणको अवस्थालगायतका न्यूनतम संस्थागत सुशासनको पालना, कम्पनीका सञ्चालकहरूका न्यूनतम योग्यतालगायतका पक्षको निश्चित मापदण्ड तय गर्नुपर्छ । बैंकिङ, बिमा र सीमित क्षेत्रका कम्पनीको मात्र अधिकेन्द्रीकरण रहेको सेयरबजारमा लगानी विविधीकरणका लागि अन्य उत्पादन र सेवामूलक कम्पनीहरूलाई समेत सूचीकृत भई कारोबार गर्न प्रोत्साहित गर्ने नीतिगत व्यवस्था लागू गर्नुपर्छ । सेयर कारोबारमा लाग्ने करका बारेमा अन्योल सिर्जना गर्ने, छिटो–छिटो कर प्रणालीमा परिवर्तन गर्ने प्रवृत्तिले बजार घटेका बेला उल्टो प्रतिक्रिया दिने, न्यून बिजकीकरणको समस्या निम्त्याउन सक्ने, पारदर्शिता र अनुगमन कार्यमा समेत कठिनाइ उत्पन्न हुन सक्ने देखिन्छ । अतः अब बन्ने सरकारले सेयरबजारमा करको दर वृद्धि गरी राज्यको भरपोषण गर्ने भन्दा पनि पुँजीबजारमार्फत सजिलै पुँजी संकलन र तरलता प्रदान गर्ने लक्ष्य लिने नीति तय गर्नु बढी श्रेयष्कर हुने देखिन्छ । सेयर बजारका लागि स्थिर सरकार र दिगो आर्थिक नीति अति आवश्यक भएकाले राजनीतिक खिचातानी र बेइमानीलाई अन्त्य गरी सुशासनयुक्त र दिगो सरकार गठन हुनु आवश्यक देखिन्छ । सेयर बजारमा कर सम्बन्धमा देखिएको पछिल्लो विवाद सुन्झाउन कानुनमा देखिएको दुविधाको सुविधा (बेनिफिट अफ डाउट) सरोकारवालालाई उपलब्ध गराई वैज्ञानिक र सरल करप्रणाली लागू गर्नु आवश्यक हुन्छ । सबै प्रदेश र क्षेत्रबाट सहजै कारोबार गर्न सक्ने, स्वचालित सेयर कारोबारका लागि आवश्यक व्यवस्था मिलाउनुपर्छ । विदेशमा बसेका नेपाली वा नेपाली मूलका नागरिकलाई निश्चित मापदण्ड तोकी लगानी गर्न सक्ने संयन्त्र विकास गरी लागू गर्नुपर्छ । सेयर कारोबारमा हुने जोखिम र त्यसको व्यवस्थापनका सम्बन्धमा लगानीकर्तालाई आधारभूत ज्ञान प्रदान गर्न पर्याप्त सचेतना कार्यक्रम गर्नु आवश्यक देखिन्छ ।