एनआरएनएको निर्वाचन गराउन संरक्षक परिषद्लाई निर्देशन «

एनआरएनएको निर्वाचन गराउन संरक्षक परिषद्लाई निर्देशन

परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिन निर्देशन दिएको छ । मन्त्रालयले सोमबार पत्र पठाउँदै परिषद्मार्फत निर्वाचन गर्न निर्देशन दिएको हो ।
केही दिन अघिमात्र एनआरएनएको निर्वाचन आगामी डिसेम्बर १५ मा गर्ने घोषणा गरेको थियो । मन्त्रालयले दिएको निर्देशनअनुसार हाल संघमा देखिएका विवाद समाधान गरी २०२१ भित्रै १०औं अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न कार्य विधानको धारा १६ बमोजिम गठित संरक्षक परिषद्बाट मात्र गर्न निर्देशन दिएको छ ।
हालको कुमार पन्त नेतृत्वको वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यकाल पूरा भइसकेको जनाउँदै सो परिषद्ले संस्थालाई असर गर्ने कुनै कार्य नगर्नसमेत निर्देशन पनि दिएको छ । विगतको प्रचलित अभ्यासअनुसार वर्तमान राष्ट्रिय समन्वय परिषद्ले सिफारिस गरी पठाएका महाधिवेशन प्रतिनिधिहरूलाई मान्यता दिन पनि मन्त्रालयले निर्देशन दिएको छ । परराष्ट्रले विधानअनुसार निर्वाचन प्रतिनिधि विवादका विषयमा ६५ प्रतिशत सदस्य नयाँ कार्य समितिलाई छान्न दिनुपर्ने निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्