प्रिमियर इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने «

प्रिमियर इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने

प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी ७.५ प्रतिशत बोनस सेयर बोनस र नगद लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत ७.५ प्रतिशत नगद लाभांशसहित कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्