झापा र काभ्रेमा ‘युवासँग महालक्ष्मी’ कार्यक्रम «

झापा र काभ्रेमा ‘युवासँग महालक्ष्मी’ कार्यक्रम

महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत सुरु गरेको युवासँग महालक्ष्मी लाइफ कार्यक्रम एकैपटक झापाको सुरूङ्गा, काभ्रेको बनेपा र म्याग्दीमा सम्पन्न गरेको छ ।
कम्पनीले कन्काई क्याम्पस सुरुङ्गामा ९० जना स्नातक तहका विद्यार्थीको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बिमा सम्बन्धी प्रशिक्षण प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र बरिष्ठ सहायक महाप्रवन्धक प्रशान्तराज धमलाले प्रदान गरेका थिए ।
यस्तै पिपुल्स बहुमुखी क्याम्पस बनेपामा नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बिमा सम्बन्धी प्रशिक्षण रामेश्वर श्रेष्ठले र मन्तव्य प्रमुख अतिथि प्रशासन प्रमुख श्री पुष्पराज कोइरालाले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्