ज्योति विकास बैंकको ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवा «

ज्योति विकास बैंकको ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवा

ज्योति विकास बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ एप वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवा सुरु गरेको हो ।
बैंकले डिजिटल बैंकिंग सेवालाई थप प्रर्वद्धन गर्दै बैंकमा खाता भएका एवम् नभएका ग्राहकलाई समेत लक्षित गर्दै डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले ज्योति स्मार्ट मोबाइल बैंकिङ एप अपग्रेड गरेको हो ।
ज्योति स्मार्ट मोबाइल बैंकिङ एप अपग्रेड भएसँगै ग्राहकले विभिन्न सेवा सम्बन्धी जानकारी, खाताको विस्तृत विवरण, पैसा पठाउने समय एपबाटै तोक्ने, अनलाइन रकम भुक्तानीका साथै डिजिटल बैंकिङ सम्बन्धी समस्या परेमा उजुरी दिने जस्ता सेवाको लाभ मोबाइल बैंकिङ एप र वेब ब्राउजबाट उठाउन सक्नेछन् ।
त्यसैगरी बैंक खाता नभएका प्रयोगकर्ताले अनलाइनमार्फत् बैंकले प्रदान गरिरहेका विभिन्न सेवा तथा डिजिटल बैंकिङ सेवा सम्बन्धी जानकारी पाउन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्