Logo

फोटोन मोटर्सकोे विश्वस्तरीय एम्बुलेन्स नेपाली बजारमा

स्वास्थ मन्त्रालयले तोकेको मापदण्ड बमोजिमको एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालि ले फोटोनको विश्वस्तरीय टुनल्याण्ड एम्बुलेन्स नेपाली बजारमा बिक्री सुरु गरेको छ ।
सन् १९९६ मा चीनमा स्थापना भएको फोटोनले ठूला ट्रक, साना मझौला ट्रक, पीकअप, बस र निर्माण उपकरणहरु उत्पादन गर्दै आएको छ । यस्तोमा कम्पनीले उत्पादन गरेको टुनल्याण्ड एम्बुलेन्स नेपालमा बिक्री सुरु गरेको जनाएको छ । मन्त्रालयको निर्देशिका बमोजिम क्याटगोरी ‘ए’ र ‘बी’ मा उपलब्ध गराएको कम्पनीका सेल्सहेड नविन आचार्यले जानकारी दिएका छन् ।
जर्मन अटो जाइन्ट डेमलरसँगको सहकार्यमा फोटोनले ठूला सवारी उत्पादन गर्दै आएको छ भने इन्जिनको लागि कमिन्स्सँग सहकार्य गरेको छ । यसले डिजेल इन्जिनमा फोटोनका गाडीहरु निकै शक्तिशाली रहेका छन् ।
राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार अब फोर व्हील ड्राइभ, पावर स्टेरिङ्ग, सस्पेन्सन चेन सिस्टमको एम्बुलेन्स मात्र संचालन गर्न पाउनेछन्, त्यसमा टुनल्यान्ड एम्बुलेन्स सबै मापदण्ड पूरा गर्ने कम्पनीले जनाएको छ ।
एम्बुलेन्स भित्र एउटा बिरामीका लागि आवश्यक सम्पूर्ण मेडिकल पूर्वाधारहरु उपलब्ध रहेको र जसका कारण बिरामीलाई अस्पताल लैजाँदा वा ल्याउँदा निकै सहज हुने कम्पनीको दावी छ । अस्पतालको आवश्यकताअनुसार एम्बुलेन्समा आवश्यक थप पूर्वाधारसहित सुविधायुक्त बनाउन समेत सकिने कम्पनीले बताएको छ ।
टुनल्यान्ड एम्बुलेन्समा २.८ लिटर क्षमताको डिजेल इन्जिन दिएको छ । उक्त इन्जिनले १२० किलोवाट पावर प्रदान गर्ने छ भने अधिकतम टर्क ३६० एनएम रहेको छ । फोर वाई फोर सिस्टम जडान भएको यो पीकअप विश्वका १४० भन्दा बढी देशमा बिक्री वितरण हुँदै आएको छ । यसमा २१० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । अधिकत १५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा कुद्न सक्ने यो पीकअपमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्