बृुद्ध एयरले अत्याधुनिक जहाज थप्ने

बुद्ध एयरले चार वटा अत्याधुनिक जहाज थप्ने तयारी गरेको छ । दुर्गमलाई सुगम र सहज बनाउन सन् २०२३ को सुरुवातदेखि अत्याधुनिक जहाज थप्ने तयारी गरिएको कम्पनीले जानकारी दिएको छ ।
यसक्रममा प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत द्वीअटर विमान निर्माता कम्पनी वाइकिङ एयर लिमिटेडका सेल्स एण्ड मार्केटिङ सिनियर एक्जुकेटिभ भाइस प्रेसिडेन्ट रोब मोराच्रसँग ‘दुवई एयर सो’ मा भेटवार्ता गरेका छन् ।
सुरुमा पूर्वमा रामेछाप मन्थली, पश्चिमतर्फ पोखरा र सुदूरपश्चिमका लागि नेपालगञ्जलाई हब बनाएर चार वटा नयाँ एयरक्राफ्टबाट उडान भर्ने योजना बनाइएको बुद्ध एयरले जनाएको छ ।
त्यस्तै सन् २०२४ मा दुई जहाज थप्ने कम्पनीको योजना छ । सन् २०२५ र २०२६ मा क्रमशः २/२ जहाज थप्ने योजना रहेको ब्द्धले जनाएको छ ।