एशियन लाइफको बिमा शुल्क भुक्तानी खल्तीबाट «

एशियन लाइफको बिमा शुल्क भुक्तानी खल्तीबाट

अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले एशियन इन्स्योरेन्स कम्पनीको नविकरण बिमा शुल्क खल्तीबाट सिधै तिर्न सकिने सुविधा संचालनमा ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै गर्न यो सेवा ल्याएको कम्पनीले जनाएको छ । यो सुविधा कार्यान्वयनमा आएसँगै अब एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नविकरण बिमा शुल्क छिटो, छरितो तथा सहज रुपमा भुक्तानी गर्न सकिने भएको छ ।
साथै ५००० माथिको नविकरण बिमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो खल्ती केवाइसी भने अनिवार्य रुपमा भेरिफाई गराएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्