उवा संघ भक्तपुरले करदाता जागरण कार्यक्रम गर्ने «

उवा संघ भक्तपुरले करदाता जागरण कार्यक्रम गर्ने

भक्तपुर उद्योग वाणिज्य संघले करदाता जागरण कार्यक्रम आयोजना गर्ने भएको छ ।
संघले आइतबार आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत तारा प्रसाद भुसालसँगको छलफलमा साना तथा ठूला व्यवसायीलाई कररको दायरामा ल्याउन करदाता जागरण कार्यक्रम गर्नुपर्नेमा जोड दिएको हो । भेटमा प्रमुख कर अधिकृत भुसालले करदातालाई आकर्षित गर्न आफूले सहजिकरण गर्ने बताए । उनले व्यवसायी र आन्तरिक राजस्व कार्यालयको सहकार्यमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गर्न सकिने पनि बताए ।
भेटमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव प्रसाद मानन्धरले उद्यमी व्यवसायीलाई कर प्रति त्रसित होइन आकर्षित तुल्याउनु पर्नेमा जोड दिए । उनले करमैत्री वातारण बनाउन सरकारले सहजिकरण गरे व्यवसयीहरुलाई सहज हुने पनि बताए ।
छलफलमा वरिष्ठ उपाध्यक्ष रोशनी मैयाँधौबन्जा, वस्तुगत तर्फका उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, एसोसियट उपाध्यक्षश्री गणेशहरी प्रजापति, महासचिव दिनेश गोसाई, सचिव विश्वराम दुवाल तथा कोषाध्यक्ष सचिन्द्र प्रधानाङ्ग उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्