Logo

इन्डक्सन चुलोमा आकर्षण बढ्यो

स्याङ्जाको फेदीखोला गाउँपालिकामा विद्युतीय चुलो (इन्डक्सन) जडानको काम सुरु गरेको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, गाउँपालिका र उपभोक्ताको लागत साझेदारीमा फेदीखोला गाउँपालिकामा इन्डक्सन चुलो जडानको काम थालिएको गाउँपालिकाको कार्यालय जनाएको छ ।
चुलो जडान गर्न इच्छुकले गाउँपालिका र सम्बन्धित वडामा दिएको आवेदनका आधारमा गाउँपालिकाले चुलो जडानका लागि घरघरमा प्राविधिक पठाउने गरेको छ । ८० प्रतिशत छुटमा आवेदकले एक हजार ३० रुपैयाँमा चुलो जडान गरिएको गाउँपालिकाले जनाएको छ । ग्यासको मूल्य आकाशिँदै जाँदा स्थानीयबासी इन्डक्सन चुलोतर्फ आकर्षित भएको पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्