गल्याङमा तीन सय क्षमताको सिटी हल «

गल्याङमा तीन सय क्षमताको सिटी हल

स्याङ्जाको गल्याङ नगरपालिकामा तीन सयजना क्षमताको सिटी हलको निर्माण भएको छ ।
निर्माण सम्पन्न भएको हल आयोजनाकातर्फबाट सहरी विकास संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका प्रमुख इन्जिनियर झपटबहादुर थापाले एक कार्यक्रमकाबीच गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीलाई हस्तान्तरण गरेका छन् ।
गल्याङ नगरपालिका–३ गल्याङ बजारनजिकै बनेको सिटी हल भ्याटबाहेक तीन करोड ६६ लाख ३५ हजार ३ सय ४३ रुपैयाँ ७९ पैसामा निमार्ण सम्पन्न भएको हो । आफ्नै प्रशासनिक भवन निर्माण गर्नुपर्ने अवस्था भएकाले विकास निर्माणका अन्य पक्षमा पनि धेरै काम गर्न नसकिएको भन्दै नगर प्रमुख अधिकारीले अर्को कार्यकालका लागि धेरै पूर्वाधार निर्माण भइसकेकाले काम गर्न सजिलो हुने बताए ।
सहरी विकास संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका आयोजना प्रमुख झपटबहादुर थापाले समयमा नै सिटी हल हस्तान्तरण गरेपछि पालिकाले आफ्ना गतिविधिलाई सहज रूपमा सञ्चालन गर्न अनुकूल हुने बताए ।

प्रतिक्रिया दिनुहोस्