३ थान चितुवाको छालासहित ४ जना पक्राउ «

३ थान चितुवाको छालासहित ४ जना पक्राउ

सुर्खेत -चितुवाको छालासहित चार जना कारोबारीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका चार जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय र कर्णाली प्रदेश ब्युरोको संयुक्त टोलीले शनिबार बराहताल गाउँपलिका ५ बड्डीचौरबाट उनीहरूलाई पक्राउ गरेको जनाइएको । पक्राउ पर्नेमा अछाम पञ्चदेवल नगरपालिका कमल शाही, बहादुर शाही, रामारोशन गाउँपालिकाका ओपेन्द्र शाह र दैलेख चामुन्डाबिन्द्रासैनी नगरपालिकाका बिलम शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनीहरूबाट तीन थान चितुवाको छाला बरामद गरेको छ ।
बड्डिचौरस्थित प्रेम होटलमा अवैध रूपमा दुर्लभ वन्यजन्तु चितुवाको छालाको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गर्न सफल भएको प्रहरीको भनाइ छ । परेकाहरूलाई आवश्यक कारबाहीका लागि प्रहरीले पक्राउ डिभिजन बन कार्यालय वीरेन्द्रनगर सुर्खेतमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्