ज्योति लाइफको वैदेशिक रोजगार म्यादी जीवन बिमा प्रविधिमैत्री «

ज्योति लाइफको वैदेशिक रोजगार म्यादी जीवन बिमा प्रविधिमैत्री

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारीमा जाँदा गरिने म्यादी जीवन बिमा वापतको बिमा शुल्क बुझाउने सुविधा थप परिस्कृत गरेको छ ।
कम्पनीले गत बर्ष देखि दिँदै आएको र सो सुविधालाई थप विस्तार गर्दै वैदेशिक रोजगारीका लागि जाने नेपालीले गर्नुपर्ने म्यादी जीवन बिमाको बिमाशुल्क भुक्तानी मोबाइल मार्फत खल्ती डिजिटल वालेट एपबाट गर्न सकिने बनाएको छ ।
शुरुवाती दिनदेखि नै प्रविधिमैत्री सेवाहरु विस्तार गर्दै अएको कम्पनीले खल्ती डिजिटल वालेटसँग सहकार्य गर्दै मोबाइलबाटै बिमा शुल्क भुक्तानी गर्ने यो व्यवस्था सुचारु गरेको हो ।
गुणस्तर चिन्ह प्रमाण पत्र प्राप्त यस कम्पनीले सुचारु गरेको यस सेवामार्फत सेवाग्राहीले काउन्टरमा गई बिमाशुल्क भुक्तानी गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्