बडीसपका नयाँ उत्पादन नेपाली बजामा «

बडीसपका नयाँ उत्पादन नेपाली बजामा

बडीसपले छालाको हेरचाहका लागि विभिन्न क्रिम नेपाली बजारमा ल्याएको छ ।
जाडो याम सुरु भएसँगै शरीरको हेरचाहका लागि आवश्यक पर्ने गुणस्तरिय विभिन्न क्रिम बजारमा ल्याएको कम्पनीले जनाएको छ । म्यांगो, स्ट्रबेरी, ब्रिटिस गुलाब, सत्सुमा, बदाम दूध, मोरिङ्गा, एभोकाडो, शिया, अर्गन, जैतुन आदि गरी १३ प्रकारका फ्लेबरमा बडीसपका बटरहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ । बडीसपका बटरहरू पर्याप्त फ्याटी एसिड र मोइस्चराइजिङ एक्सट्र्याक्टले युक्त रहेकाले भित्री र बाहिरी छालालाई उचित लाभ दिने कम्पनीले जनाएको छ ।
पर्यावरणीय संवेदनशीलतालाई ध्यान दिएकाले बडीसपले स्वास्थ्यलाई बचाएर सशक्तिकरण गर्ने मात्र नभइ पृथ्वीलाई बचाउन सघाउने कम्पनीको भनाइ छ । ९५ प्रतिशत प्राकृतिक सामग्रीबाट बनेका यी बटरहरूले छालालाई ९६ घण्टासम्म सुख्खापनबाट जोगाई राख्ने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्