Logo

मुगुका आगलागी पीडितले ४ दिनपछि पाए खाद्यान्न राहत

हिमाली जिल्ला मुगुमा गएको कात्तिक २९ गते राति गमगढी बजारको तल्लो बजारमा ४५ घर पूर्णरूपमा नष्ट हुँदा धनमाल लत्ताकपडा र खाद्यान्न नष्ट हुँदा बिचल्लीमा परेको ८० जनालाई अन्य सरकारी संघ–संस्था र स्थानीय सरकारबाट अन्य सहयोग भएको भए पनि खाद्यान्न सहयोग नहुँदा जिल्ला रहेको एक संस्थाले ४ दिनपछि खाद्यान्न वितरण गरेको छ ।
जिल्लामा रहेको छाया नेपाल नामक संस्थाबाट प्रतिघर २५ केजी चामल, १ केजी नुन, दाल, बेसारलगायत, तेल लगायत ८ प्रकारको खाद्यान्न प्रतिघर धुरीलाई ३ हजार २ सय ८ रुपैयाँ बराबरको खाद्यान्न अग्नि पीडितलाई तत्कालका लागि राहत सहयोग गरिएको र पूर्ण अन्य राहतका लागि सहयोग गर्नका लागि पहल अगाडि बढाउने पहल गरिरहेको छाया नेपाल मुगुका प्रमुख मीनबहादुर रावलले बताएका छन् ।
आगलागी हुँदा बाजेको पालादेखि कमाएको सबै सम्पत्ति खरानी भयो बस्ने बास, खाने गाँस छैन अब कसरी बाच्ने होला भगवान भन्दै खाद्यान्न राहत लिन आएका अग्निपीडिन ठिल्य लामा भन्छन्, ‘राहात पाएको सामाज राख्ने पनि ठाउँ छैन हामी अग्निपीडितलाई जोसुकै जुनसुकै क्षेत्रबाट सहयोग गरी राहतल दिने निकाय र छाया नेपाललाई धन्यवाद दिएका छन् ।’
अहिले आगलागी पीडित २५ घर परिवारका ८० जनालाई मुगु उद्योग वाणिज्य संघ र छायानाथ बचत तथा ऋण सहकारी संस्थाको आयोजनाले अर्को व्यवस्था नहुन जेलसम्मका लागि गमगढी बजारमा रहेका अन्य घर, होटलमा व्यवस्था गरिएको छ ।
आगलागी हुँदा ३५ करोडभन्दा बढी धनमालको क्षतिको विवरण आएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रजिअ रोमबहादुर महतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्