टेलिकमको जिएसएम मोबाइल नम्बर परिवर्तन «

टेलिकमको जिएसएम मोबाइल नम्बर परिवर्तन

नेपाल टेलिकमका मोबाइलको नम्बर नयाँ अंकबाट सुरू भएको छ । टेलिकमले आफ्नो जिएसएम ९ग्लोबल सिस्टम अफ मोबाइल कम्युनिकेसन० मोबाइल सेवामा नयाँ अंक वितरण गर्न थालेको हो ।
पहिले यो नम्बर ‘९८’ अंकबाट सुरू भएको थियो । अहिले सिडिएमएको जस्तै ‘९७’ बाट सुरू भएको टेलिकमले जनाएको छ । अहिले ‘९७६’ को नम्बर श्रृंखला प्रयोग गर्न थालिएको छ । पहिले जिएसएमका लागि ९८४, ९८५, ९८६ गरी तीन श्रृंखलामा नम्बर वितरण भइरहेको थियो । यी श्रृंखलाका नम्बर बाँकी रहेका र वितरणमा नगइसकेको भए ती पनि वितरण हुने टेलिकमले जनाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले दिएको अनुमतिअनुसार जिएसएममा ९७ श्रृंखला प्रयोगमा आउन थालेको कम्पनीको भनाइ छ । गत साउनदेखि सिडिएमए प्रविधि बन्द गर्ने तयारीमा रहेको टेलिकमले सिडिएमएबाट जिएसएममा रूपान्तरण हुन ग्राहकलाई प्रोत्साहित गरिरहेको छ । प्रवक्ता जोशीकाअनुसार हाल सिडिएमएका ग्राहक करिब चार लाख ३८ हजार छन् । यी सबैलाई जिएसएममा लैजाने योजना टेलिकमको छ ।

प्रतिक्रिया दिनुहोस्