Logo

हस्तकला व्यापार मेलाको बैंकिङ पार्टनरमा नबिल बैंक

नबिल बैंकले १८औं हस्तकला व्यापार मेला र १६ औं हस्तकला प्रतियोगिताको आधिकारिक बैंकिङ पार्टनरका रुपमा नेपाल हस्तकला महासंघसँग साझेदारी गरेको छ ।
नेपाल हस्तकला महासंघको आयोजनामा शुक्रबारदेखि ५ आइतबारसम्म हयात रिजेन्सी होटलमा मेला सञ्चालन हुने छ । नबिल बैंकको तर्फबाट एसएमई तथा माइक्रो फाइनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले उक्त साझेदारी पत्रमा हस्ताक्षर गरे ।
यस वर्ष पनि नबिल बैंकले महासंघको यस कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने निर्णय गरेको छ । महासंघसँग बैंकको यो तेस्रो सहकार्य हो । मेक इन नेपालअन्तर्गत नेपाली उत्पादनलाई सहयोग एवं प्रोत्साहन गर्ने नबिल बैंकको पहल तथा बैंकको दिगो बैकिङ दृष्टिकोणअनुरुप यो साझेदारी गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्