सहकारी राज्यको नियन्त्रणभन्दा बाहिर जान लाग्यो : मन्त्री श्रेष्ठ «

सहकारी राज्यको नियन्त्रणभन्दा बाहिर जान लाग्यो : मन्त्री श्रेष्ठ


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्था राज्यको नियन्त्रणभन्दा बाहिर जान लागेको भन्दै चिन्ता व्यक्त गरेकी छिन् ।
ठूला सहकारी संस्थाहरु समस्याग्रस्त भई सर्वसाधारणको बचत डुब्न थालेको भन्दै उनले संस्थागत सुशासनका लागि कदम चाल्नुपर्ने आवश्यक्ता औंल्याइन् । “सहकारी आधारभूत मूल्य मान्यता र सिद्धान्तभन्दा बाहिर रहेर काम गर्दा नागरिकको विश्वास र भरोसा घटिरहेको छ” नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को साधारणसभामा उनले भनिन्, “सहकारीहरुको संस्थागत सुशासनका लागि पहल नलिने हो भने अब राज्यको नियन्त्रणबाट बाहिर जाने हा ेकी भन्ने चिन्ता भइरहेको छ ।”
मन्त्री श्रेष्ठले सहकारी सञ्चालन मोडलमा सुधारको आवश्यक्ता औंल्याइन् । “सहकारी र बैंकबीच कानुनी, प्रशासनिक तथा सैद्धान्तिक रुपमै अन्तर छ” उनले भनिन्, “नेपालमा साहुकारी मोडलमा सञ्चालन हुनु चिन्ताजनक विषय हो, सुधार आवश्यक छ ।”
मन्त्री श्रेष्ठले सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनुपर्ने बताउँदै त्यसका लागि मन्त्रालयले भिजन पेपर बनाउन लागेको जानकारी दिइन् ।
सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले सहकारीले १९ प्रतिशत भन्दा धेरै ब्याज लिएको, ५ प्रतिशत भन्दा बढि सेवा शुल्क लिएको गुनासो आएको भन्दै यस्ता प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । उनले नियमन गर्ने सार्वभौमसत्ता सरकारसँग मात्र रहेको भन्दै सहकारीको नियमन सरकारबाहेक अरु कसैले गर्न नसक्ने बताए ।
रजिष्टार अधिकारीले अनुगमन प्रभावकारी बनाउन रणनीतिक योजना तथा मादपण्ड प्रभावकारी बनाउनुपर्ने उनले जोड दिए । “सहकारीको नियमनमा प्रत्येक स्थानीय र प्रदेश सरकारहरुले आ–आफ्नो तरिकाले हेर्न भएपनि सँगै नियमन गरी साझा धारणा बनाउन सकिन्छ” उनले भने ।

प्रतिक्रिया दिनुहोस्