एमालेले कसैको वैशाखी टेक्दैन : ओली «

एमालेले कसैको वैशाखी टेक्दैन : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ केही दलहरु कांग्रेसको औंला नसमाती हिँड्नै नसक्ने आरोप लगाएका छन् ।
अध्यक्ष ओलीले एमालेले भने कसैले वैशाखी नटेक्ने र आगामी निर्वाचनमा विजय हासिल गर्ने दावी समेत गरे । नेपाल संवत् ११४२ को अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसको औंला समातेर हिँड्न पल्केकाहरुलाई कांग्रेसले कहिलेसम्म औंला दिने हो भन्ने थाहा नभएको पनि बताए । अध्यक्ष ओलीले नेकपा एमाले फोहोरविनाको स्वच्छ भएको दावी गर्दै पार्टीभित्र एकमना एकताका साथ अघि बढने दृढता व्यक्त गरे । उनले राष्ट्र निर्माणका लागि पनि एमाले एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको दोहो¥याए ।
अध्यक्ष ओलीले ‘इतिहास झल्कने, आधुनिकता टल्कने’ गरी सम्पदाहरुको पुनर्निर्माणमा आफूहरुले जोड दिएको स्मरण गराए । उनले चाडपर्वै पिच्छे फरकफरक धुन हुने मुलुक नेपालबाहेक विश्वमा कहीँ पनि नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्