नेपालगन्ज म्याराथनको उपाधि किरण र सन्तोषीलाई «

नेपालगन्ज म्याराथनको उपाधि किरण र सन्तोषीलाई

नेपालगन्ज- सातौं नेपालगञ्ज म्याराथनमा पुरुषतर्फको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) का किरणसिंह बोगटीले जितेका छन् । बोगटीले २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा नेपालगञ्ज म्याराथन पूरा गरेका छन् । नेपालमा भएको १३ औं सागका गोल्ड मेडलिष्ट बोगटीले नेपालगञ्ज म्याराथनको पनि उपाधि जितेका हुन् ।
बोगटीले नेपाली सेनाका नरेन्द्र रावललाई पछि पार्दै उपाधि जितेका हुन् । दोस्रो भएका रावलले २ घण्टा ३३ मिनेट २८ मिनेटमा म्याराथन पूरा गरेका छन् । एपीएफका सन्तोष विष्टले २ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भएका छन् ।
सातौं धारा नेपालगञ्ज म्याराथनको उपाधि जितेका बोगटीले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् । द्वितिय भएका रावलले ५० हजार, तृतिय भएका विष्टले २५ हजार हात पारे ।
हाफ म्याराथन धादिङकी सन्तोषी श्रेष्ठले बाजी मारेकी छन् । एपीएफकी पुष्पा भण्डारीलाई पछि पार्दै श्रेष्ठले हाफ म्याराथनको उपाधि जितेकी हुन् । सागकी गोल्ड मेडलिष्ट श्रेष्ठले हाफ म्याराथन एक घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी छन् ।
एपीएफकी भण्डारीले एक घण्टा १९ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेकी छन् । हाफ म्याराथनमा विन्दु हमाल तृतिय भइन् । हाफ म्याराथन विजेता श्रेष्ठले ५१ हजार रुपैयाँ पाइन् । द्वितिय भएकी भण्डारीले २५ हजार, तृतिय भएका हमालले १५ हजार पाइन् ।

प्रतिक्रिया दिनुहोस्