बालविवाह न्यूनीकरण सक्रिय गराउन किशोरी सम्मेलन «

बालविवाह न्यूनीकरण सक्रिय गराउन किशोरी सम्मेलन

म्याग्दी । समाजका हुने बालबिवाह र गलत अभ्यास न्यूनीकरणमा किशोरीहरूलाई सचेत र सक्रिय बनाउन बेनीमा जिल्लास्तरीय किशोरी सम्मेलन गरिएको छ । संगम म्याग्दी, सामाजिक विकास कार्यालय, धौलागिरी गाउँपालिकासँग समन्वय र गल्स फस्ट फन्डको आर्थिक सहयोग जिल्लास्तरीय प्रथम किशोरी सम्मेलन गरिएको हो ।
समुदायमा रहेका गलत अभ्यासहरूलाई न्युनीकरणमा किशोरीलाई सक्रिय गराउने उद्देश्यले २५ विद्यालयबाट १ सयभन्दा बढी विद्यार्थीहरूको उपस्थित भएको थियो । किशोरी सम्मेलन कार्यक्रममा संगम म्याग्दीका कार्यकारी निर्देशक भरतप्रसाद केसीले ११ बुँदे घोषणापत्र सार्वजनिक गरेका थिए । घोषणा पत्रमा उल्लेख गरिएको बुंदाहरूलाई कार्यान्वयन गराउनका लागि सम्मेलनमा उपस्थित जनप्रतिनिधि, शिक्षक कर्मचारी र विद्यार्थीलगायतले हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका थिए ।
घोषणपत्रमा बालबालिकाको अधिकार सुनिश्चित गर्ने, महिनावारी हुँदा अध्यारो कोठा राख्ने प्रचलनलाई हटाउने, समाजमा रहेका अन्धविश्वास र रुढिवादी प्रचललन न्यूनीकरण सक्रिय रहने, किशोरीलाई सुलभ शिक्षा दिन सराकोरवालाहरूलाई ध्यानाकर्षण गराउने, समुदायमा बालविवाह न्यूनीकरण गर्न टोलटोलमा अभिभावकलाई सचेत गराउने काम सक्रिय हुने प्रतिबद्धता उल्लेख गरिएको छ ।
समाजमा २० वर्षमुनिको किशोरी विवाह रोक्ने, यौनशोषण, हिंसा वलात्कार जस्ता अन्य घटनाहरूको अन्त्य गराउने पक्षमाकिशोरीहरू र सरोकारवालाहरू एक हुने प्रतिबद्धता जनाएका छन् । विद्यालयमा महिनावारी हुँदा प्रयोग हुने प्याड अनिवार्य उपलब्ध गराउन स्थानीय सरकार र विद्यालयलाई माग गर्ने प्रतिबद्धताहरू उपस्थित छात्राहरूले घोषण पत्रमा उल्लेख गराएका छन् । समाजमा गलत प्रथाका रूपमा रहेको बालविवाह न्यूनीकरण, किशोरीहरूको क्षमता अभिवृद्धि र नेतृत्व विकाससम्बन्धी प्रशिक्षण गरिएको संगम म्याग्दीका अध्यक्ष दीपक पौडेलले जानकारी दिए ।
समाजमा रहेको गलत अम्यास न्यूनीकरणका लागि किशोरीको क्षमता विकास गराउन यस कार्यक्रमले थप सहयोग पुगेको बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवालले बताइन् । पालिकामा बालविवाह न्यूनीकरणमा किशोरीको भूमिका, किशोरी र जनप्रितिनिधिबीच अन्तक्रिया, किशोरी र अभिभावकबीच छलफल र आत्मरक्षा तालिमलगायतका कार्यक्रम स्थानीय तहका जनप्रतिनिधि, विद्यालय सञ्चालक समिति र शिक्षकबीच सहकार्य हुनुपर्ने सुझाव किशोरी सञ्जाल धौलागीरी गाउँपालिकाअध्यक्ष करुणा परियारले राखेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्