चलचित्र‘प्रेमगन्ज’को छायांकन सम्पन्न «

चलचित्र‘प्रेमगन्ज’को छायांकन सम्पन्न

निर्देशक परिच्छेद सेनको चलचित्र ‘प्रेमगन्ज’को सम्पूर्ण छायांकन समाप्त भएको छ । गत वर्ष वैशाखदेखि सुरु भएको चलचित्रको छायांकन यही मंसिर १ गते समाप्त भएको हो । पहिलो लकडाउन सकिएसँगै चलचित्रको सुटिङ सुरु भएको थियो । दोस्रो लकडाउन सुरु भएपछि भने केही समय सुटिङ स्तगित भएको थियो ।
देश कोरोना लकडाउनले गर्दा तहसनहस भयो । चलचित्र क्षेत्र त झनै बेजोग भयो । प्रदर्शन हुनतयार चलचित्र रोकिए, सुटिङमा जानतयार चलचित्रपनि रोकिए । तर, प्रेमगन्ज निर्माण युनिट भने निर्धक्क चलचित्र निर्माणमा जुटिरह्यो ।
लकडाउनका कारण सबै प्राविधिक कलाकार कामविहीन हुँदा पनि प्रेमगन्ज टिमले भने अलिकति भए पनि राहत प्रदान गर्यो । यो दोस्रो लकडाउन यतामात्रै यस चलचित्रले कलाकार तथा प्राविधिकमाथि २ करोड लगानी गर्यो । अर्थात चलचित्रमा २ करोड लगानी भयो । यसले कुनै न कुनै रुममा चलचित्र क्षेत्रमा आबद्ध कलाकार प्राविधिकलाई राहत प्रदान गर्यो ।
छायांकनमा मात्रै दुई करोड लगानीभएको चलचित्र प्रेमगन्जको क्यामेरा रोल ७० दिन भएको थियो । लगभग दैनिक १५ मिनेटका दरले छायांकन भएको थियो । चलचित्रको काभ्रेको देउराली, सोलुखुम्बुको पत्ताले , काठमाडौं तथाभक्तपुरको नाला र पनौतीमा दृश्याकन भएको छ ।
बेनिसाहमाल, तेज गिरि र सम्पदा बानियाँको मुख्य भूमिका रहेको चलचित्रमार्फत राईडर प्रसान्त, सुपृया खनाल र सिम्रन खड्काले डेब्यु गर्दैछन् । चलचित्र चौतारीले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुनभने प्रस्तुतकर्ता राजु फुयाँल हुन् ।

चलचित्रको छिट्टै नै प्रदर्शन मिति घोषणा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्