एमसीसीबारे टुङगोमा पुग्न नेपाललाई अमेरिकाको मंसिर २८ गतेसम्मको समयसीमा «

एमसीसीबारे टुङगोमा पुग्न नेपाललाई अमेरिकाको मंसिर २८ गतेसम्मको समयसीमा

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे टुङगोमा पुग्न समयसिमा दिएका छन् ।
नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लुले एससीसी सम्झौता नेपालले स्विकार गर्ने कि नगर्ने भन्ने मंसिर २८ गतेसम्म टुंगोमापुग्न समयसीमा दिएका हुन् । शुक्रबार विहान सत्तारुढ गठबन्धन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँगको भेटवार्तामा सहायक विदेशमन्त्री लुले डिसेम्बर १४ अघि टुंगोमा पुग्न आग्रह गरेका हुन् । भेटपछि संचारकर्मीहरु सँग बोल्दै अध्यक्ष प्रचण्डले एमसीसी पहिला नेपालले सम्झौता गरेअनुसार नरहेको भन्दै सबै पार्टीसँग छलफल गरेर निर्णय लिने सहायक विदेश मन्त्री लू लाई जानकारी गराएको बताए । उनँले अमेरिकाले दिएको डिसेम्बर १४ भन्दा अघिको समयसीमा भित्र ठोस निर्णयमा पुग्ने पनि बताए ।
यसअघि अमेरिकी सहायक विदेशमन्त्री लुले शुक्रबारै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए । उक्त शिष्टाचार भेटमा लूले अमेरिकाले स्वास्थ्य, शिक्षा र रोजगार लगायतका विभिन्न क्षेत्रमा गरिरहेको सहयोगलाई अझै बिस्तार गर्ने प्रतिवद्धता जनाएको नेकपा एमालेका विदेश विभाग प्रमुख डा राजन भट्टराईले बताए । उनले लूले अध्यक्ष ओलीसँग नेपालमा अमेरिकाले क्लिन इनर्जीजस्ता केही नयाँ क्षेत्रमा पनि सहयोग गर्ने चासो दिएको बताए । मन्त्री लूले एमसीसीको बारेमा राखेको प्रश्नको उत्तरमा अध्यक्ष ओलीले आफू सरकारमा नभएको बेलामा बोल्ने स्थिती नभएको भन्दै सरकारमा भएका दलहरुले गरेको निर्णय हेरेर आफ्नो निर्णय बनाउने जवाफ दिए ।
एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालपछि सहायक विदेश मन्त्री लूले परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि शिष्टाचार भेट गरेका थिए । मन्त्री लूले प्रधानमन्त्री शेर बहादुर देउवासँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए ।
एमसीसी नेपाल आफैले मागेको आयोजना भए्रतापनि पछिल्लो समय नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेबाट फुटेको नेकपा (एस)ले विरोध गर्दै आइरहेको छ ।
विकास आयोजनाको बारेमा नेपालका राजनीतिक दलका नेताहरुको फरक फरक धारणाले विश्वमा नेपाललाई हेर्ने दृष्टिकोण विकास विरोधी मुलुकको रुपमा स्थापित हुदै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्