प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जन गर्ने सरकारको तयारी «

प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जन गर्ने सरकारको तयारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने बताएका छन् ।
शुक्रवार वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारको प्रतिवद्धता विषयक कार्यक्रममा मन्त्री श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गरेर मर्यादित र व्यवस्थित बनाउने बताएका हुन् । विगतमा सरकारले यस कार्यक्रमार्फत गरेको खर्चले दीर्घकालीन रोजगारी सिर्जना नभएको मात्र नभइ धेरै बजेट दुरुपयोग भएको गुनासो रहेको थियो । जसका कारण यस कार्यक्रमलाई परिमार्जन गनर्् पर्ने आवाज पनि उठेको छ ।
मन्त्री श्रेष्ठले ‘फ्रि भिसा र फ्रि टिकट’ भन्ने नारालाई लागू नगर्नेहरुलाई कानूनी कारबाहिको दायरामा ल्याउने भन्दै श्रमीकहरुलाई एजेन्टमार्फत् नभइ सिधा म्यानपावरसम्म पु¥यायनका लागि पहल गर्ने पनि बताए । सरकारले श्रमीकहरुको हकहीतमा केन्द्रित रहेर केहि विशेष निर्णय गर्न लागेको उनको भनाइ थियो ।
उक्त अवसरमा मन्त्री श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता श्रमीकहरुको हकहित हुने पनि भन्दै श्रमीकहरुको हकहित खोस्नेहरुलाई कानूनअनुसार कारबाही गरिने चेतावनी दिए ।
मन्त्री श्रेष्ठले मलेसियामा वैदेशिक रोजगारका गएका नेपालीहरुको धेरै मृत्यु भएको बताउँदै यसको अनुसन्धान गरेर अघि बढ्ने र त्यसतर्फ श्रमिकलाई सचेत गराउने बताउँदै सबैभन्दा ठूलो समस्या भारतमा जाने नेपाली कामदारहरुको भएको बताए । उनले चाँडै ७ वटा प्रदेशबाट श्रम स्वीकृति दिने व्यवस्था मिलाउने र दोस्रो चरणमा ७ सय ५३ वटै पालिकामा यो सेवा शुरु गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्