शिवम् सिमेन्टले निर्माणकर्मीको बिमा गर्ने «

शिवम् सिमेन्टले निर्माणकर्मीको बिमा गर्ने

शिवम् सिमेन्टले निर्माणकर्मीहरूसँग परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीहरूका लागि पाँचलाख बराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी हस्तान्तरण गरेको छ ।
दैनिक निर्माणकार्यमा खटिने निर्माणकर्मीहरू जोखिमलाई मध्येनजर गर्दै निर्माणकर्मीका लागि निःशुक दुर्घटना बिमा योजना ल्याएको जनाइएको छ ।
कम्पनी पहिलो चरणअन्तर्गत काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी लगायतका विभिन्न १६ स्थानमा एक हजार भन्दा बढी निर्माणकर्मीसँग प्राविधिक अन्तरक्रिया गरी उनीहरूको जोखिम बिमा गराएको छ ।

प्रतिक्रिया दिनुहोस्