सबैभन्दा धेरै आयकर तिर्ने नबिल बैंक सम्मानित «

सबैभन्दा धेरै आयकर तिर्ने नबिल बैंक सम्मानित

आर्थिक वर्ष २०७६-०७७ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजस्व विभागले सम्मान गरेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड कर नेपाल सरकारलाई तिरेको थियो ।
विभागले कर दिवसको अवसर पारेर बैंकहरुमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने सूचीमा परेको भन्दै नबिललाई सम्मान गरेको हो । नबिल बेंक पछिल्लो १० वर्षमा छैटौं पटक उच्च कर भुक्तानी गर्ने बैंक भएको छ ।
बैकले व्यापार प्रवद्र्धन, रोजगारी सिर्जना र कर भुक्तानीमार्फत समृद्ध मुलुक निर्माणका लागि आफ्नो तर्फबाट सरकारलाई योगदान पु-याएकोमा गर्व महशुस भएको बताएको छ । नबिलले हालसम्म राज्यलाई १६ अर्ब १२ करोड रुपैयाँ कर बुझाएको जानकारी दिएको छ । जुन बैंकको कुल पुँजीको १.१६ गुणा बढी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्