क्षति मूल्यांकनकर्ताको तालिम «

क्षति मूल्यांकनकर्ताको तालिम

कृषि तथा पशुपन्छी बिमा निर्देशिका २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बिमा क्षति मूल्यांकनकर्ताको व्यवस्था तोकिएका जिल्लामा तालिम सम्पन्न भएको छ ।
आइएमी जनरल इन्स्योरेन्स कम्पनीले कृषि तथा पशुपन्क्षी बिमाका लागि कम्पनीले तोकेका सोलुखुम्बु र ओखलढुंगा जिल्लाका सहभागीहरुलाई तालिम दिएको हो । उक्त तालिममा १५ जना सहभागी भएको आयोजकले जनाएको छ ।
क्षति मूल्यांकनकर्ताको तालिमपश्चात कृषि तथा पशुपन्छी बिमाको क्षतिको लागि तोकिएको सीमाभन्दा बढीको क्षति मूल्यांककर्ताले मूल्यांका गरी दावी भुक्तानी गर्ने व्यवस्थाबाट कृषि तथा पशुपन्छी बिमामा उल्लेख रुपमा सुधार भई कम्पनीले ग्राहकलाई बिमा सेवा प्रदान गर्न सहज हुने अपेक्षा लिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्