उद्योगपति महेन्द्र गोल्छाको स्मृतिमा विविध कार्यक्रम «

उद्योगपति महेन्द्र गोल्छाको स्मृतिमा विविध कार्यक्रम

विराटनगर-उद्योगी एवं समाजसेवी महेन्द्र गोल्छाको १२औं स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
उद्योग संगठन मोरङले आयोजना गरेको कार्यक्रममा उद्योगपति गोल्छाले औद्योगिक र सामाजिक क्षेत्रमा पु-याएको योगदानको चर्चासमेत गरियो । गोल्छाको स्मृतिमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले सचिवालयम रहेको गोल्छाको अर्धकदको शालिकमा माल्यार्पण गरे ।
गोल्छाले उद्योग-व्यवसाय क्षेत्रको हित, व्यावसायिक एकतामा पु-याएको योगदानलाई स्मरण गर्दै उनले तत्कालीन समयमा औद्योगिक विकासका लागि दीर्घकालीन महत्व राख्ने विशेष आर्थिक क्षेत्रको स्थापना, एग्रो–इण्डष्ट्रियल लिंकेज, नो वर्क–नो पे को अवधारणा अहिले पनि उत्तिकै महत्व रहेको बताए ।
संगठनका पूर्वअध्यक्ष दिनेश गोल्छाले संगठनले उद्योगी-व्यवसायीको सामूहिक हितका साथै श्रमिकको हक एवं औद्योगिक क्षेत्रको सर्वाङ्गिण विकासलाई मध्यनजर गरी साझा उद्देश्य पूर्तिमा केन्द्रित हुनुपर्ने महेन्द्र गोल्छाले सदैव जोड दिने गरेको स्मरण गरे ।
बिहीबार नै उद्योग संगठन मोरङ, महिला उद्यम समिति तथा सामाजिक विकास समितिको आयोजनामा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै उद्योगमा कार्यरत महिलाहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी संगठनले सबै उद्योगहरूमा भेन्डिङ मेसिन राख्ने अभियान स्वरुप मोरङको टंकिसीनुवारीस्थित दुगड फुड एण्ड स्पाइसेस प्रालिमा एक थान भेन्डिङ मेसिन सञ्चालनमा ल्याई कार्यक्रमको शुभारम्भ गरेको छ ।
त्यसैगरी संगठनले यसअघि नै गोल्छा औद्योगिक अध्ययन केन्द्र गठन गरी गोल्छाको योगदानलाई चीरकालसम्म स्मरणीय बनाउन केन्द्रमार्फत आर्थिक विकासका विविध आयामहरूमा अध्ययन अनुसन्धान तथा शोधका साथै नीति विश्लेषण गर्न युवा अनुसन्धानकर्तालाई प्रेरित गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्