उत्पादनसँग जोडिएका उद्योगमा विदेशी लगानी भित्र्याउन जोड «

उत्पादनसँग जोडिएका उद्योगमा विदेशी लगानी भित्र्याउन जोड


अर्थमन्त्री जनार्दन शर्माले उत्पादनसँग जोडिएका उद्योगमा वैदेशीक लगानी बढाउनु पर्ने बताएका छन् ।
मन्त्री शर्माले नेपालमा उत्पादनमुलक उद्योगमा लगानीको उपयुक्त वातावरण भएकाले विदेशी व्यवसायीलाई नेपालमा लगानी गर्न आउन आग्रह गरे । उनले भारती कम्पनीका उत्पादनहरुले नेपालमा महत्वपूर्ण योगदान पु-याउँदै आएको बताए । उनले भारतबाट आयात गर्ने मात्र नभइ नेपालमा नै उद्योग खोलेर बाहिर निर्यात गर्नुपर्ने बताए । )
“नेपालमा भारतको तुलनामा श्रम सस्तो छ, बिजुली भारतको भन्दा १४ रुपैयाँ सस्तो छ, भारतमा उद्योगले प्रतियुनिट २० रुपैयाँ तिर्ने गरेका छन्” उनले भने, “तर नेपालमा उद्योग खोले हामी ६ रुपैयाँ प्रतियुनिट बिजुली दिन्छौँ, उद्योगलाई चाहिने जग्गा लगायत अन्य सबै सुविधासहित आवश्यक कर छुट समेत सरकारले दिन्छ ।”
अर्थमन्त्री शर्माले नेपालमा कृषिलाई आधुनिक प्रविधिसँगै जोडेर उत्पादनलाई वृद्धि गर्न आवश्यक रहेको बताए । उनले नेपालको हावा, पानी र माटो कृषि उत्पादनका लागि प्रशस्त स्रोतहरु भएको बताउँदै त्यस्ता स्रोतहरु प्रविधिसँग संयोजन गरी उत्पादन वृद्धि गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए ।
मन्त्री शर्मालेभन्नुभयो, “अहिले मुलुक आयातमा परनिर्भर हुँदै आएको छ, अब आयातलाई प्रतिस्थापन गर्ने सरकारको उद्देश्य छ” उनले भने, “नेपालले आफ्नो उत्पादनलाई वृद्धि गर्न सकेन भने कृषि बिना हाम्रो देश र राष्ट्रियता आत्मनिर्भरता सम्पन्नको सपना पूरा गर्न हामी सक्दैनौं ।”

प्रतिक्रिया दिनुहोस्