कर्पोरेट क्रिकेटको उपाधि ‘लुम्बिनी आई’लाई «

कर्पोरेट क्रिकेटको उपाधि ‘लुम्बिनी आई’लाई

द नेक्सट नवौं लियो कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी आई इन्स्टिच्युटले जितेको छ । शनिबार भैरहवा बहुमुखी क्याम्पसमा सम्पन्न फाइनलमा तिनाउ विकास बैंकलाई २ विकेटले पराजित गर्दै लुम्बिनी आईले उपाधिसहित नगद १५ हजार रुपैयाँ पुरस्कार जितेको छ । फाइनलमा टस जितेर ब्याटिङ गरेको तिनाउ बैंकले लुम्बिनी आईसमक्ष जितका लागि ६१ रनको लक्ष्य प्रस्तुत गरेकोमा उक्त लक्ष्यलाई ४ ओभर ४ बलमै पूरा गरी उपाधि जितेको हो । लुम्बिनी आई यसअघिका ३ संस्करणको विजेतासमेत हो ।
लुम्बिनी आईको जितमा तुलबहादुर थापाले २३ रन तथा एकलाख अहमदले २१ रनको योगदान दिएका थिए । यसअघि ब्याटिङ गर्दै तिनाउले निर्धारित ५ ओभरमा ६० रन बनाएको थियो । यसअघि सेमिफाइनलमा तिनाउले गण्डकी विकास बैंकलाई तथा लुम्बिनी आईले मिलिजुली सहकारीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच लुम्बिनीका एकलाख अहमद घोषित भए ।लियो क्लब अफ सिद्धार्थनगरको आयोजनामा सम्पन्न प्रतियोगितामा रुपन्देहीका १२ कर्पोरेट हाउसको सहभागिता थियो ।

 

प्रतिक्रिया दिनुहोस्