पोखरालाई पर्यटनको राजधानी बनाउन गण्डकी प्रदेश सरकारद्वारा पुनः प्रस्ताव पेस «

पोखरालाई पर्यटनको राजधानी बनाउन गण्डकी प्रदेश सरकारद्वारा पुनः प्रस्ताव पेस


गण्डकी प्रदेश सरकारले पोखरालाई पुनः पर्यटनको राजधानीका रूपमा घोषणा गर्न प्रस्ताव गरेको छ । प्रदेश सरकारको हालै बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रस्ताव गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले बताए ।
बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता खड्काले प्रदेशमा पर्यटनको धेरै सम्भावना भएर यहाँको पर्यटन पूर्वाधार निर्माणसँगै पर्यटन प्रवद्र्धन गर्न पनि सरकारले उक्त निर्णय गरेको प्रस्ट पारे ।
अघिल्लो सरकारले यसअघि नै प्रदेशको राजधानी पोखरालाई पर्यटनको समेत राजधानी घोषणा गर्न पेस गरिएको प्रस्ताव खासै निर्णय नभएको अवस्थामा पुनः किन त्यही प्रस्ताव भन्ने पत्रकारको प्रश्नमा उनले पहिलो सरकारले उक्त निर्णय गरे पनि कार्यान्वयन नभएकाले अब आफूहरूले कार्यान्वयन हुने गरी अघि बढाउने दाबी गरे । अघिल्लो सरकारले यही निर्णय पेस भएको कर्मचारीबाट र बाहिर धेरै चर्चा नभएर आफूहरू यस विषयमा अनभिज्ञ भएको उनको भनाइ थियो ।
पर्यटनको राजधानी घोषणा गर्न आवश्यक मापदण्ड बनाउन प्रदेशको पर्यटन मन्त्रालयलाई जिम्मेवारीसमेत दिएको प्रवत्ता खड्काले जनाए । यसअघि नेकपा एमालेको पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले पनि पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न संघीय सरकारसमक्ष प्रस्ताव पेस गरेको थियो ।
हिजोआज पोखराको परिचय दिँदा अधिकांश ठाउँमा भने पोखरालाई देशको पर्यटकीय राजधानीका रूपमा उल्लेख गर्दै आएको पाइन्छ ।
विभिन्न दातृ निकायसँग सहकार्य गर्न आवश्यक सहमति दिनसमेत संघीय सरकारसँग अनुरोध गरिएको छ । प्रदेश सरकारसँग सहकार्य गरेर पर्यटन प्रवद्र्धनमा साझेदारी गर्न अन्तर्राष्ट्रिय संस्थाहरूले रुचि देखाएकाले संघीय सरकारले स्वीकृति नदिँदा काम रोकिएको उनले जनाए ।
प्रदेशका सबै कार्यालय र मन्त्रालयलाई डिजिटलाइज्ड गर्ने, डाटा केन्द्र बनाउने, विपन्नहरूलाई निःशुल्क कम्प्युटर तालिम दिने लगायतका कार्यक्रम रहेको प्रवक्ता खड्काले बताए ।
कोरोलादेखि त्रिवेणीको बाटो स्तरोन्नति गर्ने अभियानअन्तर्गत झ्यालबास–डेढगाउँ सडक सबैभन्दा महŒवपूर्ण सडक भएकाले यसै वर्ष ४० करोडको ठेक्का प्रक्रिया अघि बढेको मन्त्री खड्काले जनाए ।
प्रदेशको गौरवको योजना चीनदेखि भारत जोड्ने सडक भएको उनले दाबी गरे । गण्डकी प्रदेशमा हाल करिब ५० प्रतिशत आमनगरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइएको पहिलो डोज ६६ प्रतिशत पुगेको प्रवक्ता खड्काले जनाए ।

प्रतिक्रिया दिनुहोस्