ज्योति लाइफ इन्स्योरेन्सको नाफा बढ्यो «

ज्योति लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको २०७८/०७९ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।
अघिल्लो आवको सोही अवधिको तुलनामा यस आवको पहिलो त्रैमासमा कुल बिमा शुल्कमा ५० प्रतिशतले वृद्धि भइ ८१.७८ करोड आर्जन गरेको छ । कम्पनीले कुल लगानी रकममा ८२ प्रतिशत ले वृद्धि गरेको छ भने खुद नाफामा २८ प्रतिशतले वृद्धि गर्दै ९.२३ करोड नाफा गर्न सफल भएको जनाएको छ ।
व्यवसाय तथा लगानी वृद्धि, सञ्चालन खर्चमा सन्तुलनलगायतको कारणले कम्पनीको जगेडा कोषमासमेत ४४ प्रतिशतले वृिद्ध भइ ६६.१० करोड कायम भएको हो । जीवनबिमा कोषमा १०१ प्रतिशतले वृद्घि भइ ४.५५ अर्ब कायम गर्न कम्पनी सफल भएकोे देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्