टोयोटाको एसयूभी राइजको बुकिङ खुला «

टोयोटाको एसयूभी राइजको बुकिङ खुला

नेपाली बजारमा टोयोटाको नयाँ कम्प्याक्ट एसयूभी राइज आउने भएको छ ।
नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज आगामी डिसेम्बरमा लन्च गर्ने जनाएको छ । टोयोटा नेपालको फेसबुक पेजबाट समेत यसको जानकारी सार्वजनिक हुनुका साथै यसको बुकिङ समेत प्रारम्भ भएको छ ।
राइज १.२ लिटर इन्जिन र १.० लिटर टर्बो इन्जिनमा नेपाली बजारमा उपलब्ध हुनेछ । १.२ लिटर इञ्जिनले ८७ एचपी पावर र ११३ एनएम टर्क प्रदान गर्छ भने १ लिटर टर्बो इन्जिनले ९७ एचपी पावर र १४० एनएम टर्क प्रदान गर्छ ।
दुवै इन्जिन म्यानुअल र अटोमेटिक ट्रान्समिसन भेरिएण्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसमा भएको ४.९ मिटर टर्निङ रेडियस र २०० एमएमको ग्राउन्ड क्लियरेन्सले उत्कृष्ट ह्यान्डलिङ तथा यात्रामा हुने असहजतालाई कम गर्न सहयोग गर्छ । गाडीमा ३६ लिटरको फिउल ट्यांक रहेको छ भने माइलेज सो सेगमेंटमा रहेका अन्य गाडी भन्दा उत्कृष्ट रहेने जानेको छ ।
साथै, गाडीमा रियर भिउ क्यामेरा सहित फ्रन्ट तथा रियर सोनार र एप्पल कारप्ले र एन्ड्रोइड अटो सहित को ७ इन्च इन्फोटेनमेन्ट समेत रहेको छ । ८ विभिन्न कलर मा उपलब्ध हुने टोयोटा राइजको मूल्य ६६ लाखदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्