रसियन किटाणुनासक उत्पादन नेपाली बजारमा «

रसियन किटाणुनासक उत्पादन नेपाली बजारमा

श्री राजदेवी इन्टरनेशनल प्रालिले नेपाली बजारमा भोलाभेला नामक नयाँ किटाणुनासक उत्पादनको बिक्री वितरण सुरु गरेको छ ।
“रसियास्थित जेएससी कन्सर्न ग्र्यानीटद्वारा उत्पादित भोलाभेला कोरोना, सार्स, हेपाटाइटिस ‘ए’, ‘बी’, ‘सी’, इको र एचआइभी जस्ता विभिन्न खतरनाक किटाणुविरुद्ध प्रभावकारी छ । विशेष भौतिक रसायनिक गुण भएको उत्पादनले यस्ता किटाणुबाट मानव स्वास्थ्यलाई सुरक्षित राख्दछ ।” कम्पनीले जारी विज्ञप्तिमा भनिएको छ ।
अत्यन्त न्यून एलर्जीको सम्भावना भएको भोलभेल कुनैपनि वस्तुको माथिल्लो सतह, लुगा, मास्क र छालामा प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ । यसैगरी, सार्वजनिक स्थान, कार्यालय, सवारीसाधन, अस्पताल, शैक्षिक संस्थालगायतमा किटाणुबाट सुरक्षित राख्न यो निकै उपयोगी रहेको बताइएको छ ।
नेमाउकस्टिक नोजलको विशेषताले सम्पन्न भोलभेल प्रयोग गर्दा हानिकारक रसायनले स्वासप्रस्वासको माध्यमबाट प्रयोगकर्ताको स्वास्थ्यमा नकारात्मक असर पार्ने सम्भावना निकै कम रहेको कम्पनीको भनाइ छ ।
“विगत २ वर्षदेखि नेपाललगायत विश्वका धेरै मुलुक कोरोना महामारीबाट पीडित भइरहेका छन् । यसै सन्दर्भमा अल्कोहलमुक्त भोलभेलले यस कीटाणुबाट चौबिसै घण्टा सुरक्षा प्रदान गर्दछ,“ श्रीराजदेवी इन्टरनेशनलका प्रबन्ध निर्देशक पवनकुमार गर्ग बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्