नबिल बैंक र दार्मा गाउँपालिकाबीच सम्झौता «

नबिल बैंक र दार्मा गाउँपालिकाबीच सम्झौता

नबिल बैंक र सल्यानको दार्मा गाउँपालिकाबीच दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी भएको छ ।
बैंकले समझदारीसँगै दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रमसमेत आयोजना गरेको छ । उक्त साझेदारीमार्फत गाउँपालिकाले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीलाई गाउँपालिकाको सिफारिसमा बैंकले नियम अनुसार कर्जा उपलब्ध गराउने छ ।
यस्ता कार्यक्रम÷तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने बैंकले जनाएको छ । समझदारीमा नबिल बैंकको तर्फबाट दिगो बैंकिङ प्रबन्धक लिलाप्रसाद ओझा र गाउँपालिकाको तर्फबाट अध्यक्ष निमबहादुर केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
नबिल बैंकले गत असार १५ गते नबिल दिगो बैंकिङ सुरुवात गरेको थियो ।
सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको बताइएको छ । कार्यक्रमअन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जा उपलब्ध गराइरहेको छ ।
साथै, बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायीकरण र उद्यमशीलता विकासका लागि ल्याएको कार्यक्रम १७ वटा दुर्गम शाखाहरुबाट विस्तार गर्दै लगेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्