डिशहोमको १० एमबीपीएस इन्टरनेट निःशुल्क «

डिशहोमको १० एमबीपीएस इन्टरनेट निःशुल्क

डीटीएच सेवा प्रदायक कम्पनी डिशहोमले निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ ।
कम्पनीले यसअघि नै बजारमा ल्याएको ‘लाइफस्टाइल’ लाई पुनःनिरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो ।
गत साउनदेखि रोकिएको यो प्याकेज पुनःसञ्चालनमा ल्याइएको डिशहोमका जेनरल म्यानेजर रमेश सापकोटाले बताए । यसअन्तर्गत ग्राहकले एक महिनाका लागि ६ सय रूपैयाँ (भ्याटसहित) मा डिशहोम टिभी रिचार्ज गर्दा १० एमबीपीएस गतिको इन्टरनेट निःशुल्क पाउने छन् ।
त्यस्तै वार्षिक ग्राहकले मासिक साढे पाँच सय रुपैयाँ (भ्याटसहित) मा डिशहोम रिचार्ज गर्दा निःशुल्क इन्टरनेट प्राप्त गर्न सक्ने जनाइएको छ । डिशहोमका २० लाख ग्राहकसँगै नयाँ कनेक्सन लिएका सबैले यो सुविधा पाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्