कोका–कोलाद्वारा भाइबरसँग साझेदारी «

कोका–कोलाद्वारा भाइबरसँग साझेदारी

कोका–कोला नेपालले राकुटेन भाइबरसँगको सहकार्यमा कोक एण्ड मील्सको थिमअन्तर्गत कोका–कोला अगमेन्टेड रियालिटी (एआर) भाइबर लेन्स ‘फूड ¥याण्डमाइजर’को लञ्च गरेको छ ।
नेपालमा एक करोडभन्दा बढी भाइबर प्रयोगकर्ताहरूले यस रमाइलो फिल्टरको मजा लिन सक्ने बताइएको छ । आफ्ना साथीहरू, सहकर्मीहरू वा परिवारलाई आफ्नो लागि कोक र खानाको लोकप्रिय संयोजनका लागि माग गर्न सक्ने कम्पनीले जनाएको छ ।
फिल्टरमा कोक र मोमोस, कोक र पिज्जा, कोक र चाउमिन जस्ता लोकप्रिय कोक र मील्सका कम्बोहरू र्याण्डम्ली जेनेरेट हुन्छ । जेनेरेट भएको एउटा कोक एण्ड मील्सको कम्बोमा फिल्टर आएर रोकिएपछि प्रयोगकर्ताले लेन्सलाई सेभ गर्न सक्नेछन् र कम्बो किनिदिन अनुरोध गरी आफ्ना साथीहरू, कामका सहकर्मीहरू वा परिवारलाई सजिलै पठाउन सक्नेछन् । थप रूपमा, प्रयोगकर्ताहरूले आफ्नो अनुहार पनि फिल्टरमा राख्न सक्नेछन् ।
एआर लेन्सलाई आज आयोजित ‘राकुटेन भाइबर एक्स कोका–कोलाः स्ट्राटेजिक पार्टनरसिप’ पत्रकार सम्मेलनको क्रममा भर्चुअल रूपमा लञ्च गरिएको थियो जहाँ भाइबर र कोका–कोलाका स्टेकहोल्डर्सहरूका साथमा अरु मिडियाहरूको पनि उपस्थिति रहेको थियो। राकुटेन भाइबर र कोका–कोलाबीचको यो सहकार्यले भाइबरका नेपाली प्रयोगकर्ताहरूलाई रोमाञ्चक सुविधाहरू उपलब्ध गराउने लक्ष्य राखेको छ ।
कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले कोका–कोलाले सबै परिवारजनलाई साथमा ल्याएर खानाको पललाई विशेष बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस्