Logo

प्रदेश–१ मा मुख्यमन्त्रीले विश्वासको मत लिन पाएनन्

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिन नपाई प्रदेश सभा बैठक स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद अनुपस्थित भएपछि प्रदेश सभा बैठक स्थगित भएको हो । मंगलबार मध्यान्ह १२ बजे बोलाइएको प्रदेश सभा बैठक साढे दुई बजे सुरु भए पनि एक मिनेटमै स्थगित हुन पुग्यो । सभामुख प्रदीपकुमार भण्डारीले प्रमुख प्रतिपक्षी दलका सांसद उपस्थित नभएका कारण बैठक स्थगित गरेको जानकारी गराएका थिए ।
अर्को बैठक बुधबार ११ः३० बजे बोलाइएको छ । एकीकृत समाजवादीका सांसद राईको नेतृत्वमा प्रदेशमा नयाँ सरकार गठन भएपछि मंगबार विश्वासको मत लिने कार्यतालिका तोकिएको थियो । अब बुधबार उनले विश्वासको मत लिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्