कृषि क्षेत्रको गुणात्मक परिवर्तनमा जोड «

कृषि क्षेत्रको गुणात्मक परिवर्तनमा जोड

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको बताएका छन् ।
अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको घोषणा तथा सपथग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको औंल्याए । उनले कृषि क्षेत्रको रुपान्तरणको निम्ति प्राथमिकता हुनुपर्ने बताए । कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण र यान्त्रिकीकरण गर्न सकेमा अर्थतन्त्रमा आमुल परिवर्तन हुने उनको भनाइ छ ।
अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरु किसानको मुक्तिको लागि बनेको भन्दै किसान आन्दोलन उठाउनको लागि वामपन्थी शक्तिहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले किसानको हित र कल्याण गर्नु नै आफूहरुको राजनीतिको मूल विषय भएको उल्लेख गरे ।
अध्यक्ष नेपालले सुकुम्बासीहरुको समस्या समाधानमा सरकारले ध्यान पु¥याउनुपर्ने बताए । उनले अव्यवस्थित रुपमा बसोबास गर्नेहरुलाई सरकारले गाँस, बास र कपासको प्रत्याभूति गराएर सुरक्षित ठाउँमा राख्नुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्