Logo

लोकप्रिय ‘पावर सेगमेन्ट’

 मोटरसाइकलका पारखीहरुले धेरै इन्जिन क्षमताका र स्पोर्टी लुक्सका मोटरसाइकल रोज्ने गरेका छन् । तर, नेपालमा धेरै सीसी इन्जिन क्षमताका मोटरसाइकल चलाउनका लागि उपयुक्त बाटो नभएकाले कम क्षमतामै स्पोर्टी लुक्सका मोटरसाइकल रोज्नेहरुको संख्या ठूलो रहेको दुईपांग्रे सवारीका विक्रेताहरुको भनाइ छ ।  मोटरसाइकलका पारखीहरुले धेरै इन्जिन क्षमताका र स्पोर्टी लुक्सका मोटरसाइकल रोज्ने गरेका छन् । तर, नेपालमा धेरै सीसी इन्जिन क्षमताका मोटरसाइकल चलाउनका लागि उपयुक्त बाटो नभएकाले कम क्षमतामै स्पोर्टी लुक्सका मोटरसाइकल रोज्नेहरुको संख्या ठूलो रहेको दुईपांग्रे सवारीका विक्रेताहरुको भनाइ छ । नेपाली बजारमा मोटरसाइकल उपलब्ध गराउने सबैजसो कम्पनीसँग १ सय ५०-६० सीसी रेन्जका मोटरसाइकल रहेका छन् ।
यसले पनि पुष्टि हुन्छ कि नेपाली बजारमा सबैभन्दा धेरै बिक्री हुने सेगमेन्टमा १ सय ५० सीसी सेगमेन्टका मोटरसाइकल नै पर्दछन् । यो सेगमेन्टलाई ‘पावर सेगमेन्ट’ समेत भन्ने गरिएको छ । पावर सेगमेन्टका १ सय ५० देखि १ सय ६० सीसीसम्मका मोटरसाइकल नेपाली उपभोक्ता माझ लोकप्रिय रहेको देखिन्छ । युवादेखि उमेर ढल्किन थालेका अधबैसेसम्म यो सेगमेन्टका मोटरसाइकल लोकप्रिय रहेको विक्रेताहरु बताउँछन् । मूल्यका हिसाबले औषत र माइलेज पनि राम्रो भएकाले लोकप्रिय भएको व्यवसायीहरुको भनाइ छ ।सबैजसो मोटरसाइकल विक्रेताहरुले यो सेगमेन्टका मोटरसाइल नेपाली बजारमा भित्र्याएका छन् । बजाजको पल्सर १५०, भी–१५, एभेन्जर र डिस्कभर, यामाहाको एफजेड–एस, एसजेडउस र आर–१५, होन्डाको युनिकर्न, हर्नेट, सीबी ट्रिगर, हिरोको एचिभर, एक्सट्रिम स्पोर्टस्, टीभीएसको अपाचे, सुजुकीको जीएस, जिक्सर र जीएसएक्स लगायत मोटरसाइकल नेपाली बजारमा लोकप्रिय रहेका छन् । अन्य विभिन्न कम्पनीका मोटरसाइकल पनि १ सय ५० सीसी सेगमेन्टमा उपलब्ध रहेका छन् । नेपालीमा १५०–६० सीसी सेगमेन्टका मोटरसाइकल लोकप्रिय हुनुको कारण यो मध्यम रेन्जको मोटरसाइकल खाल्डाखुल्डी बाटोमा खासै समस्या नआउने र माइलेज समेत दिनुलाई मान्न सकिन्छ ।
यो सेगमेन्टका मोटरसाइकल स्पोर्टी लुक्समा भएकाले युवा पुस्ताको रोजाइमा पर्ने गरेको छ । त्यसमा पनि यामाहाका मोटरसाइकल हिमाल, पहाड तथा तराई सबै भूगोलमा सहज रुपमा गुडाउन सकिने गरी निर्माण गरिएकाले पछिल्लो समय १ सय ५० सीसी सेगमेन्टमा सबै जसो कम्पनीका मोटरसाइकल लोकप्रिय रहेका छन् । नेपालमा वार्षिक २ लाखभन्दा बढी मोटरसाइकल आयात हुने गरेकोमा करिब एक तिहाइ पावर सेगमेन्टका आयात हुने गरेको व्यवसायीहरुको भनाइ छ । विदेशमा १५० सीसी सेगमेन्टका मोटरसाइकल हाइवेमा चलाउन नपाइने भएपनि नेपालमा यो सेगमेन्टका मोटरसाइकल ज्यादै लोकप्रिय रहेको छ । धेरै सीसीका मोटरसाइकल चलाउनका लागि नेपालमा उपयुक्त बाटो नभएकाले पनि यो सेगमेन्टका मोटरसाइकल युवाहरुको रोजाइमा परेको हो । सरकारले चालू आर्थिक वर्षको बजेटदेखि ठूलो सेगमेन्ट मोटरसाइकलको कर बढेकाले पनि १ सय ५०÷६० सीसी सेगमेन्टका मोटरसाइकल धेरैको रोजाइमा परेको हो । पछिल्लो समय सहरमा मात्र नभई ग्रामीण इलाकामा समेत सडक विस्तार व्यापक रुपमा भइरहेकाले त्यहाँ बस्ने उपभोक्ताले समेत १५० सीसी रेन्जका मोटरसाइकल रोज्ने गरेका छन् । युवा पुस्तामा मात्र नभई अफिसियल प्रयोगकर्ताहरुले समेत सोही रेन्जका मोटरसाइकल रोज्ने गरेको पाइन्छ । १५० सीसी भन्दा माथिको मोटरसाइकल हेवी हुने भएकाले चलाउन पनि गाह्रो हुने र माइलज समेत कम दिने हुँदा मध्यम स्तरको मोटरसाइकलमा सबैको आँखा लागेको हो । त्यसैले बजार १५० सीसी सेगमेन्टका मोटरसाइकलले लिड गरेको हो । मध्यम वर्गीयहरुले यो सेगमेन्टका मोटसाइकल चढ्नुलाई ‘स्टाटस सिम्बोल’को रुपमा समेत हेरिने गरेको छ । सय सीसीसम्मका मोटरसाइकल चढ्दै आएका युवा तथा अधबैसेहरुले १५० सीसी सेगमेन्टकै मोटरसाइकल रोज्ने गरेको छन् । पहिले मोटरसाइकल चढ्दै आएका मानिसलाई १५० सीसी सेगमेन्टको मोटरसाइकल किन्नु खासै महँगो समेत नहुने भएकाले यही सेगमेन्ट रोज्ने गरेका हुन् ।१५० सीसी सेगमेन्टका मोटरसाइकल स्टाइलिस र केही स्पोर्टी हुने भएकाले यो सेगमेन्टका मोटरसाइकल युवासहित अन्य उमेर समूहका मानिसको रोजाइमा पर्न सफल भएको हो ।
यस्ता मोटरसाइकल डिजिटल, अटो अन–अफ, डिसब्रेक लगायत अनगिन्ति सुविधा हुने भएकाले युवामाझ यो सेगमेन्टका मोटरसाइकल लोकप्रिय भएको हो । यो सेगमेन्टका मोटरसाइकलले कुल व्यापारको २५ देखि ३० प्रतिशत हिस्सा ओगट्ने गरेको छ । अहिले त्यो हिस्सा बढ्दै गएको व्यवसायीहरुको भनाइ छ । २०१८÷१९ को अप्रिलदेखि अक्टोबरसम्मको अवधिमा नेपाली बजारमा आयात भएका दुईपांग्रे सवारीको तथ्यांकमा उक्त अवधिमा सबैभन्दा धेरै भित्रिनेमा पनि पावर सेगमेन्टकै मोटसाइकल परेको छ ।
यो अवधिमा सबैभन्दा धेरै बिक्री हुनेमा बजाजको पल्सर १५० रहेको छ । बजाज पल्सर १५० ७ महिनामा २४ हजार ४ सय ७१ वटा आयात भएको देखिन्छ । यहाँ सो अवधिमा धेरै बिक्री हुने २० सवारीको सूचिमा परेका पावर सेगमेन्टका मोटरसाइकलको बारेमा उल्लेख गरिएको छ । ७ महिनाको उक्त अवधिमा होन्डाको युनिकर्न २ हजार ४ सय १४ वटा भित्रिएको देखिन्छ । त्यस्तै टिभीएसको आरटीआर १६० ४ हजार २ सय ६४ वटा आयात हुँदा यामाहा एफजेड–एस१५३ ९ हजार १७ वटा बिक्री भएको देखिन्छ । साथै यामाहाका अन्य दुई मोडलहरु एसजेड १५० र एसजेडआरआ ५० क्रमशः ३ हजार ९४ वटा र २ हजार ५ सय ९८ वटा आयात भएको थियो । 

२०१९ को अप्रिलदेखि अक्टोबरसम्म आयात भएको तथ्यांक
कम्पनी आयात संख्या
होन्डा

युनिकर्न १६० २ हजार ४ सय १८
बजाज

पल्सर १५० 
२४ हजार ४ सय ७१
टिभिएस

आरटीआर१६० ४ हजार २ सय ६४
यामाहा
एफजेड–एस१५३ ९ हजार १७
एसजेड १५० ३ हजार ९४
एसजेडआरआर१५० २ हजार ५ सय ९८

प्रतिक्रिया दिनुहोस्