हस्तकला व्यापार मेला मंसिर ३ देखि «

हस्तकला व्यापार मेला मंसिर ३ देखि


नेपाल हस्तकला महासंघले आगामी मंसिर ३ गतेबाट १८औं हस्तकला व्यापार मेला तथा १६औं कला प्रतियोगिता आयोजना गर्ने भएको छ ।
मुलुकमा उत्पादन भएका वस्तुको प्रवद्र्धन गर्ने उद्देश्यले मेला सञ्चालन हुन लागेको हो । होटल हायात होटलमा हुने भएको छ । मेलामा देशभरका विभिन्न जिल्लाका व्यवसायीहरूको १२० वटा स्टलमा हस्तकला प्रदर्शन हुनेछ । तीन दिनसम्म हुने प्रदर्शनका लागि महासंघले ४० हजारदेखि ५० हजारसम्म स्टलको मूल्य तोकेको छ ।
मेलामा करिब ३० हजारभन्दा बढी आगन्तुकहरुलाई मेला अवलोकनको निःशुल्क प्रवेश पास वितरण गरिने महासंघले जनाएको छ । त्यसमा सहभागी हुन चाहने अवलोकनकर्ताले १ सय रुपैयाँको टिकट खरिद गरी अवलोकन गर्न पाउनेछन् ।
कोभिड–१९ का कारण गत वर्ष मेला आयोजना हुन सकेको थिएन । यो वर्ष पनि कोभिडकै समय भएकाले सामाजिक दूरीलाई मध्यनजर गरेर आयोजना गर्न लागिएको महासंघका उपाध्यक्ष रविन्द्र शाक्यले बताए ।
मेलाको प्रमुख आकर्षणको रुपमा कला प्रतियोगिता अन्तर्गत नेच्यूरल फाइवर (प्राकृतिक रेसा) र जडाउ कला (फिलिग्री आर्ट) गरी २ वटा विधामा प्रतियोगिता हुने भएको छ । जसमा उक्त २ विधाका प्रतियोगितामा सहभागी भई प्रथम भएकालाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रकमसहित प्रमाणपत्र वितरण हुनेछ ।
व्यापार मेलामा एकै छानामुनि हस्तकला वस्तुहरूको बृहत प्रदर्शनी तथा बिक्री, उत्कृट स्टल तथा प्याभिलियन प्रतियोगिता, समय सापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणा अनुरुप वस्तुहरूको प्रदर्शन, परम्परागत तथा नवोधित हस्तकलाको जीवन्त सीप प्रदर्शनी, अमूर्त सांस्कृतिक सम्पदा आइसीएको उजागर, क्राफ्ट प्रतियोगिता हुने भएको छ ।
मेलामा अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्न नसक्ने घरेलु लघु एवं साना उद्यमी व्यवसायीले विदेशी आयातकर्तासँग व्यावसायिक सम्बन्ध स्थापित गर्न सक्ने अवसर प्राप्त गर्ने महासंघको भनाइ छ । व्यापार मेलाले यस क्षेत्रमा सकारात्मक उर्जा उत्पन्न गर्न सहयोग पु¥याउने महासंघले विश्वास लिएको छ । त्यससँगै महासंघले सोही अवसरमा ई–कला नेपाल अनलाइन पोर्टलको शुभारम्भ तथा ह्याण्डिक्राफ्ट ट्रेड डारेक्टरी २०२१ एवं साधन माला पुस्तक विमोचन गर्ने भएको छ । ई–कलामा जुनसुकै व्यवसायीले उत्पादन गरेका वस्तुको प्रवद्र्धन गर्नेमा टेवा पुग्ने महासंघले जनाएको छ ।
सो मेलामा करिब १ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ । ८० मुलुकभन्दा बढी देशमा निर्यात हुँदै आएको हस्तकला व्यवसायी तथा उद्योगीले सामान्य अवस्थामा वार्षिक १२ अर्ब रुपैयाँसम्मको हस्तकला निर्यात गर्दै आएका थिए । मेला ५ मंसिरसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्