आईपीओ निष्काशन गर्दै अपर सोलु

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले सर्वसाधारणकाा लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले स्थानीय र आम सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५ सय कित्ता अर्थात ३३ करोड ७ लाख ५० हजार बराबरको सेयर जारी गर्न अनुमति माग्दै बोर्ड पुगेको छ ।
कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त गरेको छ । अपर सोलु जलविद्युत आयोजना २३.५ मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने आयोजना हो । सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले प्रर्वद्धन गरेको आयोजना २०७६ मंसिरमा सम्पन्न भएको थियो ।
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ७ मा आयोजनाको विद्युत गृह छ । कम्पनीले आईपीओ निष्काशनका लागि २०७७ चैत्र १६ गते बोर्डमा निवेदन दिइएको थियो । आयोजनामा लक्ष्मी बैंकको नेतृत्वमा आठ वटा बैंक र जलविद्युत लगानी तथा विकास कम्पनीको ७५ प्रतिशत लगानी छ ।
कम्पनीको इक्विटी २५ प्रतिशत छ । आयोजना चार र अर्ब ५० करोडको लागतमा निर्माण सम्पन्न भएको हो