युके युनिभर्सिटी फेयर २०२१ हुने «

युके युनिभर्सिटी फेयर २०२१ हुने

एसआई युके नेपालले मंसिर ५ गते पुतलीसडकस्थित कार्यालयमा युके युनिभर्सिटी फेयर २०२१ को आयोजना गर्ने भएको छ ।
एसआई युके नेपाल बेलायत पढ्न जान चाहाने विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्ने उद्देश्यले सन् २०१८ देखि नेपालमा सेवा सुचारु भएको चेन शैक्षिक संस्था हो । एसआई युकेले नेपालबाट मात्र नभएर ३६ देशमा ७६ ग्लोबल अफिसमार्फत प्रत्यक बर्ष ४० हजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई युके र आयरल्याण्डमा उच्च शिक्षा हासिल गर्न परामर्श प्रदान गरिरहेको जनाएको छ ।
सबै देशका शाखाबाट एकैनासको गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको एसआई युकेले पोष्टप्याण्डामिक, नविनतम परिवर्तित भिजा नियम र बेलायती शिक्षण पद्धतिका बारेमा जानकारी गराउने लक्ष्यसहित शैक्षिक मेलाको आयोजना गर्न लागेको एसआई युके नेपालका निर्देशक विनय अधिकारीले जानकारी दिए ।
शैक्षिक मेलामा युकेका प्रसिद्ध २० विश्वविद्यालयका प्रतिनिधिहरुले विद्यार्थीलाई युकेमा अध्ययन अवसर र चुनौतीका बारेमा जानकारी गराउने गराउने संस्थाले जनाएको छ । मेलामा बेलायतमा अवस्थित उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिले विद्यार्थीलाई परामर्श प्रदान गर्ने छन् । शैक्षिक मेलामा युनिभर्सिटी अफ एबर्डिन, अन क्याम्पस क्याब्रीज एजुकेशन ग्रुप, वात्स् पा युनिभर्सिटी, डुर्हम युनिभर्सिटी, स्वासी युनिभर्सिटी, होम्स् इन्स्टिच्युट, क्वीन मार्गेट युनिभर्सिटी, स्टडी ग्रुप, युनिभर्सिटी फर दि क्रिएटीभ आट्स, अक्सफोर्ड इन्टरनेश्नल एजुकेशन ग्रुप लगायतका शैक्षिक संस्थाका प्रतिनिधिले नेपाली विद्यार्थीलाई विशेष छात्रवृतिको घोषणा गर्ने जनाइएको छ ।
हाल बेलायतले पढिसकेपछि विद्यार्थीहरुलाई २ वर्षको कार्य अनुमति भिसा दिने गरेको छ । विद्यार्थी भिसा भनेको टियर ४ भिसा हो जसलाई टियर २ भिसा अर्थात ‘स्किल्ड वर्कर भिषा’ मा परिवर्तन गर्ने केही मापदण्डहरु रहेको छ । विद्यार्थीको पढाई खर्च उसले रोजेको विश्वविद्यालय अनुसार फरक पर्दछ ।
सामान्यत बेलायतमा नेपाली विद्यार्थीलाई स्नातक तह वा त्यसभन्दा माथिको कोर्ष गर्नको लागि वार्षिक खर्च ८ हजार देखि १२ हजार पाउन्डसम्म लाग्छ । यस्तै, औसतमा एउटा नेपाली विद्यार्थीको पढाई खर्च वार्षिक १२ हजार पाउण्ड अर्थात नेपाली करिब १७ लाखको हाराहारीमा खर्च हुने गर्दछ । बेलायतको उच्च शिक्षाका विभिन्न बिश्वबिद्यालय, शैक्षिक पद्धति, खर्च, अध्ययनपछिको अवसरका बारेमा प्रत्यक्ष साक्षात्कार गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्